एसी मिलानले पिसासँग बराबरी खेलेपछि नेपोलीलाई माथि जाने बाटो खुलेको छ
काठमाडौँ — नेपोलीले इटालीको 'सिरी ए' मा शनिबार इन्टर मिलानलाई ३–१ ले हराएको छ र लिग तालिकाको शीर्ष स्थानमा उक्लेको छ । एसी मिलानले पिसासँग बराबरी खेलेपछि नेपोलीलाई माथि जाने बाटो खुलेको हो ।
यो जितपछि नेपोलीको आठ खेलबाट १८ अंक भएको छ र यो दोस्रोमा रहेको मिलानमाथि एकै अंकको दूरी हो । हारका बावजुत इन्टर १५ अंकमा तेस्रो स्थानमा छ ।
स्टोडियो डिएगो आरमान्डो म्याराडोना रंगशालामा भएको खेलमा नेपोलीका लागि केभिन डे ब्रुएना, स्कट म्याक टोमिनी, आन्द्रे–फ्रायन्कले गोल गरे । अन्य खेलमा युडिनेजीले लेचेलाई ३–२ ले हरायो भने पार्मा र कोमोले गोलरहित बराबरी खेले ।
