इंग्लिस प्रिमियर लिगमा लिभरपुलको लगातार चौथो हार

हारसँगै लिभरपुल छैटौं स्थानमा झरेको छ र यो शीर्षमा रहेको आर्सनलसँग चार अंकको दूरी हो ।

कार्तिक ९, २०८२

कान्तिपुर संवाददाता

Liverpool's fourth consecutive defeat in the English Premier League

काठमाडौँ — डिफेन्डिङ च्यामिपयन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार चौथो हार बेहोरेको छ । ब्रेन्टफोर्डले उसलाई ३–२ ले पराजित गरेको हो । लन्डन क्लबका लागि डान्गो क्वाटारा, केभिन सेड र इगोर थिएगोले गोल गरे ।

यो जितपछि ब्रेन्टफोर्ड दसौं स्थानमा उक्लिन सफल रह्यो । लिभरपुल भने छैटौं स्थानमा झरेको छ र यो शीर्षमा रहेको आर्सनलसँग चार अंकको दूरी हो । लिभरपुलका लागि मिलोस केरकेज र मोहमद सलाहले गोल गरे ।

लिभरपुल सबै प्रतियोगिताका गरेर पछिल्ला सातमध्ये ६ खेलमा पराजित भएको छ । 

अन्य खेलमा म्यानचेस्टर युनाइटेड लयमा फर्केको छ र यसक्रममा उले ब्राइटनलाई ४–२ ले हरायो । यसमा ब्रायन एमबुमोले दुई गोल गरे र युनाइटेड लिगमा लगातार तेस्रो जित निकाल्न सफल रह्यो । यस्तै न्युकासल युनाइटेडले फुलहम तथा सन्डरल्यान्डले चेल्सीलाई समान २–१ को स्कोरले हरायो । 

कान्तिपुर

Link copied successfully