तेस्रो वान डेमा भारत विजयी

भारतले तेस्रो तथा अन्तिम वान डेमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ ।

कार्तिक ८, २०८२

कान्तिपुर संवाददाता

India win third ODI

काठमाडौँ — दुई अनुभवी खेलाडी रोहित शर्मा र विराट कोहलीले ब्याटबाट उत्कृष्ट प्रदर्शन गरेपछि भारतले तेस्रो तथा अन्तिम वान डेमा अस्ट्रेलियालाई ९ विकेटले पराजित गरेको छ ।

यससँगै तीन खेलका वान डे सिरिज अस्ट्रेलियाको पक्षमा २–१ को स्थितिमा टुंगेको छ । सिड्नी क्रिकेट मैदानमा जितका लागि २ सय ३७ रनको लक्ष्य पाएको भारतले एक विकेट गुमाएर त्यसलाई आत्मसात गरेको थियो । रोहितले शानदार शतकीय इनिङ्स खेल्दै १ सय २१ रन बनाए । कोहलीले भने ७४ रन जोडे । उनीहरूले दोस्रो विकेटका लागि १ सय ६८ रनको साझेदारी गरे ।

त्यस अगाडि अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै ४६.४ ओभरमा अलआउट हुन अगाडि २ सय ३६ रन बनाएको थियो । त्यसमा म्याट रेनसले सर्वााधिक ५६ रन बनाए । यस्तै ओपनर तथा कप्तानीको भूमिकामा रहेका मिचेल मार्सले ४१ रन बनाए । हर्षित राणाले ३९ रनमा चार विकेट लिए ।

कान्तिपुर संवाददाता

Link copied successfully