कुगेलेइन सुदूरपश्चिममा निरन्तर

न्युजिल्यान्डका तीव्र बलर स्कट कुगेलेइनले सुदूरपश्चिमलाई पहिलो संस्करणको फाइनलमा पुर्‍याउने क्रममा उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए ।

कार्तिक ७, २०८२

कान्तिपुर संवाददाता

Kugelein continues in the Far West

काठमाडौँ — सुदूरपश्चिम रोयल्स दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि न्युजिल्यान्डका तीव्र बलर स्कट कुगेलेइनलाई पुनः अनुबन्ध गरेको छ । सुदूरपश्चिमलाई पहिलो संस्करणको फाइनलमा पुर्‍याउने क्रममा उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए ।

गत वर्ष उनी र जनकपुर बोल्ट्सका ललित राजवंशीले सर्वाधिक समान १७ विकेट लिएका थिए । सुदूरपश्चिम रोयल्सका टिम प्रवर्द्धक स्वतन्त्रप्रताप शाहले स्कटको पुनरागमनबारे भने, ‘स्कटको अनुभवले हाम्रो बलिङ आक्रमणलाई थप मजबुत बनाउँछ, साथै उनको अलराउन्ड क्षमताले ब्याटिङ लाइनअपमा पनि महत्त्वपूर्ण गहिराई थप्नेछ ।’

स्कटले पनि नेपाल फर्किन पाउँदा निकै उत्साहित रहेको सुदूरपश्चिमले जनाएको छ । उनले यस सिजन पुनः सुदूरपश्चिम रोयल्सका समर्थकहरू अगाडि खेल्न तथा टिमलाई सफलता दिलाउन योगदान गर्न आतुर रहेको बताएका छन् । ३३ वर्षे कुगेलेइनले न्युजिल्यान्डबाट ३ टेस्ट, २ एकदिवसीय अन्तर्राष्ट्रिय र १८ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेलेका छन् । 

कान्तिपुर

Link copied successfully