पोर्टोमाथि फरेस्टको जित

अर्को इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्ला भने गो अहेड इगल्सको हातबाट २–१ ले पराजित रह्यो ।

कार्तिक ७, २०८२

कान्तिपुर संवाददाता

Forest win over Porto

काठमाडौँ — नयाँ प्रशिक्षकका रूपमा सिन डाइच आएयता नटिङघम फरेस्टले विजयी सुरुआत लिएको छ र युरोपा लिगमा बिहीबार राति पोर्टोलाई २–० ले हराएको छ ।

अर्को इंग्लिस प्रिमियर लिग क्लब एस्टन भिल्ला भने गो अहेड इगल्सको हातबाट २–१ ले पराजित रह्यो ।

फरेस्ट यसअघिका आफ्ना १० खेलमा जितहीन रहेको थियो । सिटी ग्राउन्डमा प्राप्त अहिलेको जितमा भने मोर्गन गिब्स–ह्वाइट र इगोर जेससले एक एक गोल गरे ।

दुवै पेनाल्टीबाट भएका गोल हुन् । युरोपेली क्लब फुटबलको दोस्रो ठूलो प्रतियोगितामा डेनमार्कको मिथिल्यान्ड शीर्षमा रहेको छ ।

उसले अर्को खेलमा मकाबी टेल अभिभलाई ३–० ले हरायो । यस्तै भिक्टोरिया प्लाजनले एएस रोमालाई २–१, सेल्टा भिगोले निसलाई २–१, सेल्टिकले स्ट्रम ग्राजलाई २–१, फायनउडले पानाथिनाइकोजलाई ३–१, फ्रेबर्गले एफसी उट्रेच्टलाई २–० र पाओक एफसीले लिललाई ४–३ ले हरायो ।

कान्तिपुर

Link copied successfully