दोस्रो टेस्टमा दक्षिण अफ्रिकाको सानदार जित

पाकिस्तान-दक्षिण अफ्रिका सिरिज बराबरीमा टुंगियो ।

कार्तिक ६, २०८२

कान्तिपुर संवाददाता

South Africa's emphatic victory in the second Test

काठमाडौँ — दक्षिण अफ्रिकाले दोस्रो टेस्टमा पाकिस्तानमाथि सानदार विजय हासिल गरेको छ । बिहीबार पाकिस्तानलाई आठ विकेटले पराजित गर्दै दुई टेस्टको सिरिजलाई दक्षिण अफ्रिकाले १–१ को बराबरीमा टुंग्याएको हो ।

जितका लागि दोस्रो इनिङ्समा ६८ रनको लक्ष्य पाएको दक्षिण अफ्रिकाले दुई विकेट गुमाएर ७३ रन बनाएको थियो ।

रावलपिन्डीमा भएको दोस्रो टेस्टको चौथो दिन दक्षिण अफ्रिकाका लागि कप्तान एडेन मार्केलले सर्वाधिक ४२ रन बनाए । यस्तै रायन रिकेल्टनले २५ रन बनाएर नटआउट रहे । 

त्यसअगाडि पाकिस्तान आफ्नो दोस्रो इनिङ्समा १ सय ३८ रन मात्र बनाएर अलआउट भएपछि खेलमाथि उसको पकड गुमेको थियो । पाकिस्तानी पूर्वकप्तान बाबर आजमले ५० रन बनाए पनि अन्य कुनै ब्याट्सम्यानले उनलाई साथ दिएनन् । 

दक्षिण अफ्रिकाका लागि स्पिनर सिमोन हार्मरले घातक बलिङ गर्दै ५० रन खर्चेर ६ विकेट लिए । पहिले ब्याटिङ गर्दै पाकिस्तानले पहिलो इनिङ्समा ३ सय ३३ रन बनाएपछि दक्षिण अफ्रिकाले जवाफमा ४ सय ४ रन बनाएको थियो ।

कान्तिपुर

Link copied successfully