ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २–० ले हराउँदै आठ खेलमा १० अंक जोड्दै १३ औं स्थानमा उक्लिएको छ भने वेस्ट ह्याम १९ औं स्थानमा सीमित छ ।
काठमाडौँ — वेस्ट ह्याम इंग्लिस प्रिमियर लिगको आफ्नो घरको खेलमा सोमबार राति ब्रेन्टफोर्डसँग २–० ले पराजित भएको छ ।
लन्डन स्टेडियममा भएको खेललाई वेस्ट ह्यामका समर्थकको एक समूहले विरोध गर्दै बहिस्कार पनि गरेको थियो ।
ब्रेन्टफोर्डका लागि इगोर थिएगोले ४३ र म्याथिस जेनसेनले दोस्रो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा गोल गरे । उनका यो सिजनको पाँचौं व्यक्तिगत गोल हो । ब्रेन्टफोर्डले यो सिजन विपक्षीको मैदानमा जित निकालेको यो पहिलो खेल पनि हो ।
यो जितपछि ब्रेन्टफोर्ड आठ खेलबाट १० अंकमा १३ औं स्थानमा रह्यो । वेस्ट ह्याम भने आठ अंकबाट चारं अंकमा सीमित छ र १९ औं स्थानमा छ ।
