ब्याटबाट पाकिस्तानको सन्तोषजनक प्रदर्शन

पाकिस्तान दुई टेस्टको सिरिजमा १–० ले अगाडि छ ।

कार्तिक ३, २०८२

कान्तिपुर संवाददाता

Pakistan's satisfactory performance with the bat

काठमाडौँ — पाकिस्तानले दक्षिण अफ्रिकाविरुद्धको दोस्रो टेस्टको पहिलो दिन सोमबार ब्याटबाट सन्तोषजनक प्रदर्शन गरेको छ । रावलपिन्डीमा पहिलो दिनको खेल समाप्त हुँदा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले पाँच विकेटमा २ सय ५९ रन बनाएको छ ।

घरेलु टिमका लागि सउद सकिल ४२ र सलमान आगा १० रन बनाएर खेलिरहेका छन् । पाकिस्तानका लागि यसअघि ओपनर अब्दुल्लाह सफिकले ५७ रन बनाए । यस्तै कप्तान सान मसुदले ८७ रनको शानदार इनिङ्स खेले । उनले १ सय ७६ बलको सामना गरेर दुई चौका र तीन छक्का प्रहार गरेका छन् ।

दक्षिण अफ्रिकी बलरमध्ये केशव महाराज र सिमोन हार्मरले दुई/दुई विकेट लिएका छन् । पाकिस्तान दुई टेस्टको सिरिजमा १–० ले अगाडि छ । दक्षिण अफ्रिकालाई सिरिज बराबरी गर्ने हो भने यो टेस्ट जित्न आवश्यक हुनेछ ।

कान्तिपुर

Link copied successfully