अक्टोबर २४ देखि २६ सम्म हुने प्रतियोगिताका लागि २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची जाने भएको छ ।
काठमाडौँ — दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा सहभागी हुन २६ खेलाडीसहित ३० सदस्यीय नेपाली टोली बुधबार भारतको राँची जाने भएको छ ।
अक्टोबर २४ देखि २६ सम्म हुने प्रतियोगितामा मुकेश पाल, राजन रोकाया, सोम कुमाल, सलिन देवान, सन्तोषी श्रेष्ठ, पूर्णलक्ष्मी न्यौपाने, सुशील केसी, शिवराज पार्की, अरुण महतो, रामचन्द्र थारु, तिलक विक, युवराज विक, गणेशसिंह रावत, नागेश्वर ऐर, चन्द्रदेव जोशी, प्रवीण राना, बसन्ती चौधरी छन् । अन्य खेलाडीमा सीमाकुमारी थारु, जयरानी थारु, सीता शाही, शर्मिलाकुमारी थारु, सरस्वती चौधरी, रन्जिता अधिकारी, डिना गोपाली र नारायणी भण्डारी छन् ।
प्रशिक्षकमा राकेश वज्राचार्य र धनीराम चौधरी, व्यवस्थापकमा दीपेन्द्रकुमार गोइत र अफिसियलमा अनिरुद्र चौधरी रहेका छन् ।
टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे ।
