मलेसियामा पदक जित्ने तेक्वान्दो खेलाडी सम्मानित

काठमाडौंको डाँछीमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमीले खेलाडी तथा अफिसियललाई शनिबार सम्मान गरेको हो ।

कार्तिक १, २०८२

कान्तिपुर संवाददाता

Taekwondo players honored for winning medals in Malaysia

काठमाडौँ — मलेसियामा भएको आठौं जेविन मलेसिया ओपन तेक्वान्दो प्रतियोगिता पदक जितेका नेपाली खेलाडी तथा अफिसियललाई सम्मान गरिएको छ । 

काठमाडौंको डाँछीमा रहेको नेप्लिज तेक्वान्दो एकेडेमीले खेलाडी तथा अफिसियललाई शनिबार सम्मान गरेको हो । एकेडेमीको तर्फबाट शंकरापुर अस्पतालका मेडिकल डाइरेक्टर डा. रमेश ढकालले खेलाडी तथा अफिसियललाई सम्मान प्रदान गरे । 

सम्मानित हुने खेलाडीमा स्वर्ण विजेता केनिश खड्का, गोविन्द योन्जन तामाङ र आयुश बोहरा, रजत विजेता सन्दीप बस्नेत रहेका छन् । टोलीका प्रशिक्षक श्रीकृष्ण खड्का, म्यानेजर गणेशबहादुर खड्का र टोली प्रमुख महेन्द्रराज घिमिरेलाई पनि सम्मान गरियो ।  

नेपाली खेलाडी तथा अफिसियललाई प्रोत्साहनस्वरूप सम्मान गरिएको नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा प्रमुख प्रशिक्षक अशोक खड्काले बताए । 

मलेसियामा भएको उक्त प्रतियोगितामा अशोक पनि निर्णायकको रूपमा सहभागी थिए । उनी प्रतियोगिताको उत्कृष्ट निर्णायक घोषित भएका थिए ।

कान्तिपुर

Link copied successfully