सहलेश फाइनलमा

मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा भएको दोस्रो सेमिफाइनलमा सहलेशले अतिरिक्त समयमा गरेको गोलमा भोजपुर फुटबल संघलाई १–० ले पराजित गरेको थियो ।

कार्तिक १, २०८२

कान्तिपुर संवाददाता

Sahlesh in the final

विराटनगर — सिराहाको सहलेश फुटबल क्लब शुक्रबार बेलबारी आरजु राइस एनबी रुङमाहाङ स्मृति आमन्त्रण रनिङ गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । मोरङको बेलबारी–११, लक्ष्मीमार्गमा भएको दोस्रो सेमिफाइनलमा सहलेशले अतिरिक्त समयमा गरेको गोलमा भोजपुर फुटबल संघलाई १–० ले पराजित गरेको थियो ।

सहलेशका सुजन डंगोलले अतिरिक्त समयको अन्त्यतिर गरेको गोल नै निर्णायक बन्यो । १० खेलाडीमा समेटिएको भोजपुरले खेलको अधिकांश समय रक्षात्मक रणनीति अपनाए पनि अन्तिम क्षणमा गोल खान पुग्यो ।

प्लेयर अफ द म्याच भोजपुरका विवेक राई चुनिए । अब सहलेशले शनिबार हुने फाइनलमा काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड क्लबसँग उपाधि भिडन्त गर्नेछ । विजेताले ८ लाख रुपैयाँसहित सुन र चाँदीजडित ट्रफी तथा उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

मुख्य प्रायोजकमा आरजु राइस मिल र मुख्य सहयोगी बेलबारी नगरपालिका रहेका छन् । प्रतियोगितालाई मेजर एनबी राईको स्मृतिमा पोपीराज र ज्योतिराज राईले सौजन्य गरेका छन् ।

कान्तिपुर

Link copied successfully