किंग्स क्रिकेट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी ७७) ले राइजिङ स्टार यू–१४ ब्वाइज क्रिकेट प्रतियोगितामा जित हात पारेका हुन् ।
काठमाडौँ — किंग्स क्रिकेट एकेडेमी र क्रिकेट एक्सिलेन्स सेन्टर (सीईसी ७७) ले राइजिङ स्टार यू–१४ ब्वाइज क्रिकेट प्रतियोगितामा शनिबार विजय हात पारेका छन् । सिफल मैदानमा किंग्सले सीईसी २३ लाई तथा सीईसी ७७ ले सीईसी ३३ लाई समान ५ विकेटले पराजित गरे ।
टस जितेर पहिला ब्याटिङ गरेको सीईसी १३.३ ओभरमा ७५ रनमा अलआउट भयो । टोलीका मिङमार सोनमले २४ बलमा ३०, श्याम पौडेलले ५ बलमा १२ र समीर केसीले १९ बलमा १२ रन बनाए । किंग्सका आयुष चालिसेले २.३ ओभरमा ११ रन खर्चेर ४ तथा एकेन्द्र बुढा र अंशुमन थापामगरले २–२ विकेट लिए ।
सन्तन बस्नेतले २७ बलमा २६, अंशुमनले १२ र प्रनिश गिरीले अविजित ९ रन बनाएपछि किंग्सले सजिलै लक्ष्य पूरा गर्यो । सीईसीका सुगम पौडेल, स्माइल लिङ्खले २–२ विकेट लिए ।
दुई सीईसीबीचको अर्को खेलमा पहिला ब्याटिङ गरेको ३३ टिमले १९.५ ओभरमा अलआउट हुनुपूर्व १ सय २१ रन बनायो । टोलीका दिप्रण पुडासैनीले २० बलमा २४, सक्षम नेपालले २७ बलमा १५, प्रनर कामतले १० रन बनाए । ७७ टिमका सेवास्टियन लामाले ४, किर्जन श्रेष्ठले ३ र सक्षम रिजालले १ विकेट लिए ।
श्याम बस्नेतले ३६ बलमा अविजित ७३ रन बनाएपछि ७७ टिमले सजिलै लक्ष्य पूरा गर्यो । ३३ का अनुपम कठायतले २ र प्रिङ ओझाले १ विकेट लिए ।
