वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुने प्रतियोगितामा भूपेन्द्रले तीन विधामा प्रतिस्पर्धा गर्ने छन् ।
काठमाडौँ — भूपेन्द्र गुरुङले विश्व खुला मार्सल आर्ट्स च्याम्पियनसिपमा सहभागिता जनाउने भएका छन् ।
वर्ल्ड फाइटिङ मार्सल आर्ट्स फेडरेसनको आयोजनामा अमेरिकाको बोस्टनमा अक्टोबर २६ तारिखमा हुने प्रतियोगितामा भूपेन्द्रले तीन विधामा प्रतिस्पर्धा गर्ने छन् । उनले छाङ छ्वान, ताइची र म्युजिकल फम्समा भाग लिने छन् ।
अमेरिकामा भूपेन्द्रले दोस्रो पटक खेल्न लागेका हुन् । यसअघि उनले अमेरिकाको विभिन्न सहरमा भएका तीन प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । त्यसमा भूपेन्द्रले ३ स्वर्ण र ३ रजत पदक जितेका थिए । भूपेन्द्रले जर्मनी, युके र थाइल्यान्डमा भएका प्रतियोगितामा पनि पदक जितेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका छन् ।
भूपेन्द्रलाई राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका महासचिव कुमार बस्नेत, नेपाल उमा कुङ्फु संघका अध्यक्ष सन्जितकुमार राई, उपाध्यक्ष रमेश महर्जन र कोषाध्यक्ष सूर्य तामाङले शनिबार बिदाइ गरे । भूपेन्द्र अक्टोबर २३ मा अमेरिका जानेछन् ।
