देवदह ब्वाइज सेमिफाइनलमा

देवदहले सूर्यपुर फुटबल क्लब चितवनलाई ४–२ ले हरायो । आशिष खत्रीले एक्लैले ४ गोल गरे । उनले खेलको १४, ५३, ६३ र ६४ औं मिनेटमा गोल गरेका थिए ।

आश्विन ३१, २०८२

माधव अर्याल

Devdaha Boys in the semifinals

पाल्पा — रामपुरमा भइरहेको वाइवाइ तेस्रो ज्योतिपुञ्ज कप राष्ट्रिय नकआउट फुटबल प्रतियोगितामा शुक्रबार रूपन्देहीको देवदह ब्वाइज क्लब विजयी हुँदै सेमिफाइनल पुगेको छ ।

देवदहले सूर्यपुर फुटबल क्लब चितवनलाई ४–२ ले हरायो । आशिष खत्रीले एक्लैले ४ गोल गरे । उनले खेलको १४, ५३, ६३ र ६४ औं मिनेटमा गोल गरेका थिए । सूर्यपुरका ४५ औं मिनेटमा मोहित गुरुङ र ८३ औं मिनेटमा विदेशी खेलाडी रिचार्ज डोयल्सनले गोल गरेका थिए । आशिष प्लेयर अफ द म्याच भए । उनले ३ हजार रुपैयाँ पाए । देवदहकै सुरज चौधरीले रेडबुल इनर्जेटिक प्लेयर अफ द म्याचको गिफ्ट ह्याम्पर पाए ।

बिजेता देवदह ब्वाइजले आयोजक ज्योतिपुञ्ज युवाक्लब रामपुर पाल्पासँग आइतबार दोस्रो सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । शनिबार पहिलो सेमिफाइनलमा युनाइटेड युथ क्लब नवलपुरले अभिषेक चर्च रजहरविरुद्ध खेल्नेछ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully