बिहीबार मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा भएको पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइजले आयोजक एलएक्स सिटी फुटबल क्लबलाई ३–० ले पराजित गरेको हो।
विराटनगर — काठमाडौंको प्लानिङ ब्वाइज युनाइटेड क्लब बेलबारीमा जारी आरजु राइस मेजर स्व. एनबी रुङमाहाङ अन्तर्राष्ट्रिय आमन्त्रण रनिङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।
बिहीबार मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा भएको पहिलो सेमिफाइनलमा प्लानिङ ब्वाइजले आयोजक एलएक्स सिटी फुटबल क्लबलाई ३–० ले पराजित गरेको हो।
प्लानिङका चन्दन दास, प्रतापसिं राई र रोमन भुजेलले गोल गरेका थिए । खेलको म्यान अफ द म्याच रोमन भुजेल घोषित भए र उनले ७ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
फाइनल खेल कात्तिक १ गते हुनेछ, जसमा प्लानिङ ब्वाइजले शुक्रबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगिताको विजेताले ८ लाख र उपविजेताले ४ लाख रुपैयाँ पुरस्कार पाउनेछ ।
गोल्डकपको मुख्य प्रायोजक आरजु राइस मिल र मुख्य सहयोगी बेलबारी नगरपालिका रहेका छन् ।