काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चावहिलमा भएको प्रतियोगिताको फाइनलमा बुधबार फ्रिडम ‘बी’ ले चावहिल स्पोर्ट्स क्लब ‘ए’ लाई १–० ले पराजित गर्यो ।
काठमाडौँ — फ्रिडम फाइटर ‘बी’ ले पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा चावहिलमा भएको प्रतियोगिताको फाइनलमा बुधबार फ्रिडम ‘बी’ ले चावहिल स्पोर्ट्स क्लब ‘ए’ लाई १–० ले पराजित गर्यो । कन्या गुरुङले निर्णायक गोल गरे । विजेताका नरकुमार राई म्यान अफ द म्याच घोषित भए ।
फ्रिडमले १ लाख र चावहिलले ५० हजार पुरस्कार पाए । विजेताका कन्या सर्वोत्कृष्ट खेलाडी चुनिए । रोजश शाही उत्कृष्ट खेलाडी, सचिन श्रेष्ठ उत्कृष्ट गोलरक्षक र सगुन श्रेष्ठ उत्कृष्ट डिफेन्डर बने । तीनै चावहिल ‘ए’ का हुन् । उत्कृष्ट चारैलाई जनही ५ हजार रुपैयाँबाट पुरस्कृत गरियो ।
विजेतालाई अखिल नेपाल फुटबल संघका उपाध्यक्ष विराटजंग शाही, आयोजक वडाका अध्यक्ष विमलकुमार होडा, वडा सदस्य एवं प्रतियोगिता संयोजक सुरेश शाहीलगायतले पुरस्कृत गरे । प्रतियोगितामा २० टिम सहभागी थिए ।
