दक्षिण अफ्रिकामाथि पाकिस्तानको अग्रता 

यस जितसँगै पाकिस्तानले दुई टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ ।

आश्विन २९, २०८२

कान्तिपुर संवाददाता

Pakistan's lead over South Africa

काठमाडौँ — पाकिस्तानले बुधबार पहिलो टेस्टमा दक्षिण अफ्रिकालाई ९३ रनले पराजित गरेको छ ।

जितका लागि २ सय ७७ रनको लक्ष्य पाएको दक्षिण अफ्रिका आफ्नो दोस्रो इनिङ्गसमा १ सय ८३ रन बनाएर अल आउट भयो । 

यस जितसँगै पाकिस्तानले दुई टेस्टको सिरिजमा १-० को अग्रता लिएको छ । लाहोरमा भएको टेस्टको चौथो दिन पाकिस्तान चिया सत्र अगाडि नै जितसम्म पुगेको थियो । 

नोमन अलि र साहिन अफ्रिदीले ४/४ विकेट लिएपछि दक्षिण अफ्रिका सस्तोमा समेटिएको हो । पाहुना टिमका लागि डेवाल्ड ब्रेभिसले सर्वाधिक ५४ रन बनाए । रायन रिकेल्टनले ४५ रन बनाए ।

कान्तिपुर

Link copied successfully