डोटीमा शनिबारदेखि दिल्पेश्वर क्रिकेट लिग सिजन-३

दिपायल सिलगढी नगरपालिका–३ मठस्थित दिल्पेश्वर खेल मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । लिगसँगै सांस्कृतिक मेला पनि आयोजना गरिने छ ।

आश्विन २४, २०८२

मोहन पनेरु

Dilpeshwar Cricket League Season-3 from Saturday in Doti

डोटी — डोटीमा शनिबारदेखि दिल्पेश्वर क्रिकेट लिग सिजन-३ प्रतियोगिता सुरु हुने भएको छ । दिल्पेश्वर स्पोर्ट्स क्लबको आयोजनामा डीसीएलको तेस्रो संस्करण सुरू हुन लागेको हो । 

दिपायल सिलगढी नगरपालिका–३ मठस्थित दिल्पेश्वर खेल मैदानमा हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजकले जनाएको छ । लिगसँगै सांस्कृतिक मेला पनि आयोजना गरिने छ । 

कात्तिक २ सम्म चल्ने प्रतियोगिताको प्रथम पुरस्कार राशि ट्रफी, मेडलसहित एक लाख ११ हजार एक सय ११ रहेको छ । द्वितीय पुरस्कार ५१ हजार एक सय ११ रुपैयाँ रहेको छ । 

प्रतियोगितामा म्यान अफ द म्याच, बेस्ट बलर, बेस्ट ह्वाट्स म्यान, म्यान अफ द सिरिज लगायतका खेलाडीका लागि पनि पुरस्कारको व्यवस्था गरिएको क्लबका कार्यवाहक अध्यक्ष रामभक्त सुनारले बताए ।

प्रतियोगितामा सहभागी टिममा डोटी जिल्लाका ६ जना खेलाडी अनिवार्य र  जिल्ला बाहिरका ५ जना खेलाडीहरु टिममा सहभागी हुन पाउने छन् । खेलाडी विदेशी नागरिक भए दुई जनासम्म टिममा समेट्न सकिने छ । 

जिल्ला बाहिरका खेलाडीहरुसँग मिलेर खेल्दा डोटीका खेलाडीहरुलाई सिक्ने मौका भएकाले यस्तो गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको पहिलो चरणमा नकआउट र दोस्रो चरणमा लिग सिस्टमले खेल खेलाइने छ । प्रथम चरणको विजेताले मात्रै लिग खेल्न पाउने छन् । प्रतियोगितामा २२ टिमको सहभागिता रहेको काव सुनारले बताए ।

मोहन

Link copied successfully