भेट्रान फुटबल असोज २५ देखि

प्रतियोगितामा १६ बढी टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । ४० वर्षमाथि उमेर समूहका खेलाडीले खेल्न पाउने प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ ।

आश्विन २२, २०८२

कान्तिपुर संवाददाता

Veteran Football from October 25

काठमाडौँ — काठमाडौं महानगरपालिका वडा ७ को आयोजनामा हुने पाँचौं वडा अध्यक्ष कप भेट्रान फुटबल प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरिएको छ । प्रतियोगिता असोज २५ देखि २९ सम्म हुनेछ ।

यसअघि प्रतियोगिता भदौ २८ देखि असोज २ गतेसम्म हुने भनिएको थियो । जेन–जी आन्दोलनका कारण प्रतियोगिता स्थगित गरिएको थियो । प्रतियोगितामा १६ बढी टिमको सहभागिता रहने आयोजक वडाका अध्यक्ष विमलकुमार होडाले जनाएका छन् । ४० वर्षमाथि उमेर समूहका खेलाडीले खेल्न पाउने प्रतियोगिता सिक्स ए साइड स्वरुपमा हुनेछ ।

चावहिल स्पोर्ट्स क्लबको प्राविधिक सहयोगमा हुने प्रतियोगिताको विजेताले १ लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट खेलाडी, गोलरक्षक र डिफेन्डरलाई जनही ५ हजार नगदबाट पुरस्कृत गरिने छ ।

नकआउटका आधारमा प्रतियोगिताका खेल चन्द्रविनायक पार्क, चावहिल मैदानमा हुनेछ ।

कान्तिपुर

Link copied successfully