एनपीएल च्याम्पियन जनकपुरले चेन्नईमा प्रशिक्षण गर्ने

एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने तालिका छ ।

आश्विन २१, २०८२

कान्तिपुर संवाददाता

NPL champions Janakpur will train in Chennai

काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) च्याम्पियन टोली जनकपुर बोल्ट्सले आफ्नो प्रशिक्षण क्याम्प भारतको चेन्नई सुपर किंग्स एकेडेमीमा राख्ने भएको छ । चेन्नईसँगको सहकार्यमा क्याम्प अक्टोबर १० देखि नोभेम्बर १ सम्म चल्ने बोल्ट्सले जनाएको छ ।

कोइम्बाटोरमा हुने क्याम्पमा बोल्ट्सका ८ खेलाडीले सहभागिता जनाउने छन् । हाल ओमानमा ट्वान्टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोट खेल्न नेपाली टोलीमा आसिफ शेख र ललित राजवंशी चेन्नई क्याम्पमा हुने छैनन । आसिफ बोल्ट्सका मार्की खेलाडी हुन् भने ललितले टोलीलाई च्याम्पियन बनाउने क्रममा उत्कृष्ट बलरमा चुनिएका थिए ।

क्याम्पमा सहभागी हुने खेलाडीमा अनिलकुमार साह, रुपेश सिंह, शुभ कंसाकार, विकास आग्री, सचिन भट्ट, तुलबहादुर थापा, आदित्य महता र मयन यादव छन् । किशोर महतो अस्ट्रेलियामा ग्रेड क्रिकेट खेलिरहेकाले उनी चेन्नई क्याम्पमा सहभागी हुने छैनन् ।

ड्रिम स्पोर्ट्स प्रालीको स्वामित्वमा रहेको जनकपुर बोल्ट्सले गत वर्ष सुदूरपश्चिम रोयल्सलाई फाइनलमा पराजित गरेर पहिलो संस्करण जितेको थियो ।

एनपीएलको दोस्रो संस्करण नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने तालिका छ ।

कान्तिपुर

Link copied successfully