एलजी (रातो), देवदह र खस्यौली अन्तिम आठमा

यु–१९ ‘लालीगुराँस कप’ सेभेन ‘ए’ साइडका आधारमा खेलाइएको हो । प्रतियोगितामा १८ समूहले भाग लिएका छन् । २५ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो हुने टिमले २ लाख नगद, ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछ ।

आश्विन २०, २०८२

माधव अर्याल

LG (Red), Devdah and Khashouli in the last eight

What you should know

पाल्पा — प्रथम लालीगुराँस कप राष्ट्रिय यु–१९ राष्ट्रिय फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएका चार खेलबाट एलजी (रातो), देवदह ब्यायज र खस्यौली अन्तिम आठमा प्रवेश गरेका छन् ।

रामपुरको मटेरीमा भएको पहिलो खेलमा चापाकोट युनाइटेड फुटबल क्लब स्याङ्जाले देवदह ब्यायज रुपन्देहीलाई ट्राइब्रेकरमा २–० ले विजय भएको छ । निर्धारित समयमा दुवै समूहबाट गोल हुन सकेन भने थप समयमा समेत गोल नभएपछि टाइब्रेकरमा प्रवेश गरेको हो । दोस्रो खेलमा एलजी (हरियो)लाई गोर्खा ब्यायज रुपन्देहीले ६–० ले पराजित गरेको छ । 

तेस्रो खेलमा चोरमारा फुटबल क्लब नवलपुरले मकवानपुरलाई १–० ले पराजित गरेको छ । चौथो  खेलमा एक्सिस ब्रदर्स पोखरालाई खस्यौली फुटबल क्लब रुपन्देहीले टाइब्रेकरमा ३–२ गोलले पराजित गरेको छ । निर्धारित समयमा दुवैले १–१ गोलको बराबरी भएपछि थपिएको समयमा समेत गोल हुन नसकेपछि टाइब्रेकरको सहारा लिनु परेको हो ।

यसअघि भएको उद्घाटन खेलमा लालीगुराँस एसोसिएसन (रातो) ले युथ युनियनलाई १–० ले पराजित गर्दै आन्तिम आठमा प्रवेश पाएको छ । लालीगुराँसका लागि सोजित रूचालले निर्णायक गोल गरे । 

रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेन, आयोजक क्लबका अध्यक्ष मधुसूदन पोखरेलले प्रतियोगिताको उद्घाटन गर्दै खेल क्षेत्रमा रामपुरले पहिचान बनाउने बताए । उनले पोखरेलले नयाँ प्रतिभालाई प्रोत्साहन गर्न प्रतियोगिता सञ्चालन गर्न लागेको बताए ।

यु–१९ ‘लालीगुराँस कप’ सेभेन ‘ए’ साइडका आधारमा खेलाइएको हो । प्रतियोगितामा १८ समूहले भाग लिएका छन् । २५ असोजसम्म सञ्चालन हुने प्रतियोगितामा पहिलो हुने टिमले २ लाख नगद, ट्रफी, प्रमाणपत्र र मेडल पाउनेछ । 

प्रतियोगितामा काठमाडौं, पोखरा, बुटवल, चितवन, मकवानपुरसहित विभिन्न जिल्लाका १५ समूहका साथै आयोजक टिममार्फत रामपुर नगरक्षेत्रभित्रका तीन समूहले भाग लिएको खेल संयोजक आदेश रानाले बताए । प्रतियोगितामा उपविजेताले १ लाख रुपैयाँ नगदसहित सिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन् । सेमिफाइनल पुग्ने समूहलाई २५ हजार रुपैयाँ नगद साथै ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी, डिफेन्स, गोलरक्षक, फरवार्ड, मिडफिल्डर, स्थानीय खेलाडी, प्रशिक्षक लगायत विभिन्न विधामा उत्कृष्टलाई नगद, ट्रफी र प्रमाण–पत्रद्वारा सम्मान गरिनेछ । खेलाडिहरूको जन्म मिति २०६३ असार ३० गतेसम्म राखिएको छ ।

प्रतियोगितामा सहभागी हुने टिमलाई बसोबास तथा खानपानको व्यवस्था आयोजकले गरेको छ । प्रतियोगिता सञ्चालनका लागि २५ लाख खर्च हुने अनुमान गरिएको छ । 

रामपुरको मटेरी ठूलोटारमा हुने प्रतियोगिताको सहआयोजकमा युथ युनियन मटेरी, प्रायोजकमा रामपुर नगरपालिका र सहयोगीहरूमा लालीगुराँस एसोसिएसन नेपाल, एन्फा, मर्दीखोला युनाइटेड र रामपुर जेसिस रहेको युथ युनियन मटेरीका अध्यक्ष कमल रानाले बताए ।

रामपुर नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले फुटबल प्रतियोगिताले नयाँ खेलाडीलाई प्रोत्साहन गर्नुका साथै खेलाडी उत्पादनमा सहयोग पुग्ने बताए । प्रतियोगिताअन्तर्गत मंगलबार तीन खेल हुनेछन् ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully