ब्रेन्टफोर्डमाथि सिटीको साँघुरो जित

कम्युनिटी स्टेडियममा प्राप्त यस साँघुरो जितपछि पेप ग्वार्डिओलाको सिटीको सात खेलबाट १३ अंक भएको छ र यो शीर्षमा रहेको आर्सनलसँग तीन अंकको दूरी हो । ब्रे

आश्विन २०, २०८२

कान्तिपुर संवाददाता

City's narrow win over Brentford

काठमाडौँ — लयमा रहेका इर्लिङ हालान्डले खेलको नवौं मिनेटमा गरेको एक मात्र गोलको मदतले म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा आइतबार ब्रेन्टफोर्डलाई १–० ले पराजित गरेको छ ।

कम्युनिटी स्टेडियममा प्राप्त यस साँघुरो जितपछि पेप ग्वार्डिओलाको सिटीको सात खेलबाट १३ अंक भएको छ र यो शीर्षमा रहेको आर्सनलसँग तीन अंकको दूरी हो । ब्रेन्टफोर्ड भने सात अंकमा १६ औं स्थानमा छ ।

सिटीले लिगका पछिल्ला चार खेलमा जित निकालेको यो तेस्रो अवसर हो । हालान्डले यो सिजन सबै खाले प्रतियोगितामा गरेर नौ खेलमा १२ गोल गरिसकेका छन् । 

कान्तिपुर

Link copied successfully