एभरटनले १८ औं मिनेटमा माइकल केनको गोलसँगै अग्रता लिएको थियो ।
काठमाडौँ — नयाँ प्रशिक्षकका रूपमा नुनो स्पिरियटो सान्टु आएयता वेस्ट ह्यामले इंग्लिस प्रिमियर लिगअन्तर्गत आफ्नो पहिलो खेलमा एभरटनसँग सोमबार १–१ को बराबरी खेलेको छ ।
एभरटनले १८ औं मिनेटमा माइकल केनको गोलसँगै अग्रता लिएको थियो ।
जारोड बोवेले ६५ औं मिनेटमा वेस्ट ह्यामका लागि बराबरी गोल फर्काए र आफ्नो टिमलाई एक बहुमूल्य अंक दिलाए । यो नतिजापछि एभरटन आठ अंकमा आठौं स्थानमा रह्यो ।
वेस्ट ह्याम भने अझै रेलिगेसन क्षेत्रमै रहेको छ । उसको छ खेलबाट चार अंक मात्र भएको छ र १९ औं स्थानमा रहेको छ । यो सिजन वेस्ट ह्यामले खेलेका सात खेलमध्ये हारबाट जोगिएको यो दोस्रो अवसर मात्र हो ।
