विश्व ट्रेलमा ऐतिहासिक रजत पदक जितेकी सुनमाया स्वदेश फर्किईन्

स्पेनमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक जितेकी सुनमाया मंगलबार बिहान नेपाल फर्किएकी हुन् ।

आश्विन १४, २०८२

कान्तिपुर संवाददाता

Sunmaya returned home after winning a historic silver medal in World Trail

काठमाडौँ — ऐतिहासिक रजत विजेता खेलाडी सुनमाया बुढा स्वदेश फर्किएकी छिन् । स्पेनमा सम्पन्न विश्व माउन्टेन तथा ट्रेल रन च्याम्पियनसिपमा रजत पदक जितेकी सुनमाया मंगलबार बिहान नेपाल फर्किएकी हुन् ।

बुढालाई नेपाल एडभेन्चर रनिङ फेडेरेसनका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

विश्व माउन्टेन रनिङ एसोसियसनले विश्व एथलेटिक्स र इन्टरनेश्नल एसोसियसन अफ अल्ट्रारनर्ससँग मिलेर आयोजना गरेको विश्व च्याम्पियनसिपमा सुनमायाले रजत पदक हात पारेकी थिइन् । 

उनले ८० किलोमिटरको महिला लङ ट्रेल रनको दुरी १० घण्टा २३ मिनेट ०३ सेकेन्डमा पुरा गरेकी थिइन् । नेपाल एडभेन्चर फेडेरेसनले प्रतियोगितामा नेपालबाट बुढासहित सुमन कुलुङ, साङ्गे शेर्पा र मनकुमार रोकालाई सहभागी गराएको थियो । टोलीको व्यवस्थापकमा प्रीति खत्री थिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully