पौडीबाज अथर्वले बनाए दुई राष्ट्रिय कीर्तिमान

भारतको अहमदाबादमा जारी प्रतियोगितामा अथर्वले पुरुष १ हजार ५ सय मिटर फ्रिस्टाइल १७ मिनेट ४३.५७ सेकेन्डमा पूरा गरेका हुन् ।

आश्विन १३, २०८२

कान्तिपुर संवाददाता

Swimmer Atharva set two national records

काठमाडौँ — नेपाली पौडीबाज अथर्व सिंहले ११ औं एसियाली एक्वेटिक्स च्याम्पियनसिपमा सोमबार २ नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका छन् ।

भारतको अहमदाबादमा जारी प्रतियोगितामा अथर्वले पुरुष १ हजार ५ सय मिटर फ्रिस्टाइल १७ मिनेट ४३.५७ सेकेन्डमा पूरा गर्दै १० वर्षअघि शिरिष गुरुङले बनाएको १८ मिनेट ४५.६२ सेकेन्डको कीर्तिमान भंग गरे । सोही स्पर्धामा नेपालका कल्किन श्रेष्ठले पनि शिरिषको कीर्तिमानलाई उछिने । कल्किनले १८ मिनेट ११.११ सेकेन्डमा निर्धारित दुरी तय गरेको पौडीका मुख्य प्रशिक्षक शंकर कार्कीले जनाएका छन् ।

अथर्वले अर्को कीर्तिमान ४ सय मिटर व्यक्तिगत मिड्लेमा बनाए । यो स्पर्धामा पनि अथर्वले सन् २०१६ मा शिरिषले नै स्थापित गरेको ५ मिनेट ०४.७० सेकेन्डको कीर्तिमान तोडेका हुन् । राष्ट्रिय कीर्तिमान कायम गर्ने क्रममा अथर्वले ४ मिनेट ५८.३४ सेकेन्ड समय निकाले ।

कान्तिपुर संवाददाता

Link copied successfully