एसिया कप: लगातार दोस्रोपटक भारत च्याम्पियन

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १४७ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो ।

आश्विन १३, २०८२

गोविन्द देवकोटा

Asia Cup: India champions for the second time in a row

काठमाडौँ — भारतीय टिमले एसिया कपको उपाधि लगातार दोस्रोपटक जितेको छ । सन् २०२३ मा एक दिवसीय प्रणालीमा श्रीलंकालाई हराएको भारतले यसपालि चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई फाइनलमा हराउँदै उपाधि जितेको हो ।

आइतबार राति भएको खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले उपाधि आफ्नो पक्षमा पारेको हो ।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पाकिस्तानले दिएको १४७ रनको लक्ष्य पछ्याएको भारतले १९ ओभर ४ बलमा ५  विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो । यससँगै भारत एसियाकपमा नवौंपटक च्याम्पियन बनेको छ ।

भारतका लागि तिलक बर्माले ६९ रनको अर्धशतकीय पारी खेले । ५३ बल खेलेका उनले ३ चौका र ४ छक्का प्रहार गरे । त्यस्तै शिवम् दुवेले ३३ रन बनाउँदा सन्जु श्यामसनले २४ रनको योगदान गरे । 

पाकिस्तानका लागि फाइम अस्रफले तीन विकेट लिए । त्यस्तै शाहिन्सा अफ्रिदी र अब्रार अहमदले एक–एक विकेट लिए । 

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १४६ रन बनाएको थियो । 

पाकिस्तानका लागि सहिबजादा फरहानले ५७ रनको अर्धशतकीय पारी खेले । ३८ बल खेलेका उनले ५ चौका र ३ छक्का प्रहार गरे । 

Asia Cup: India champions for the second time in a rowतस्बिर : एजेन्सी

त्यस्तै फकर जमानले ४६ रन बनाउँदा साइम अ‍ैयुवले १४ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । 

बलिङतर्फ भारतका लागि कुलदीप यादवले सर्वाधिक चार विकेट लिए । उनले ४ ओभरमा ३० रन खर्चे । त्यस्तै जसप्रित बुमराह, वरुण चक्रवर्ती र अक्षर पटेलले दुई-दुई विकेट लिए ।

गोविन्द

Link copied successfully