ब्रेन्टफोर्डसँग युनाइटेडको हार

ब्राजिली खेलाडी थिएगोले आठौं मिनेटमा गोलको खाता खोलेपछि २० औं मिनेमा दोस्रो गोल थपे । युनाइटेडका लागि पहिलो हाफमै बेन्जामिन सेस्कोले एक गोल फर्काए ।

आश्विन ११, २०८२

कान्तिपुर संवाददाता

United's loss to Brentford

काठमाडौँ — इगोर थिएगोले पहिलो हाफमा गरेको दुई गोलको मद्दतले ब्रेन्टफोर्डले इंग्लिस प्रिमियर लिगमा शनिबार म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गरेको छ । हारले युनाइटेड र यसका प्रशिक्षक रुबेन एमोरिम थप दबाबमा आएका छन् ।

ब्राजिली खेलाडी थिएगोले आठौं मिनेटमा गोलको खाता खोलेपछि २० औं मिनेमा दोस्रो गोल थपे । युनाइटेडका लागि पहिलो हाफमै बेन्जामिन सेस्कोले एक गोल फर्काए ।

दोस्रो हाफको इन्ज्युरी समयको पाँचौं मिनेटमा म्याथिस जेन्सनले ब्रेन्टफोर्डका लागि तेस्रो गोल गरे । त्यस अगाडि युनाइटेडका लागि कप्तान ब्रुनो फर्नान्डेज दोस्रो हाफमा पेनाल्टीबाट गोल गर्न चुके ।उनको प्रहार ब्रेन्टफोर्डका गोलरक्षक क्वेभिन केलहरले जोगाएका थिए ।

यो जितपछि ब्रेन्टफोर्डको सात अंक भएको छ र ११ औं स्थानमा उक्लेको छ । युनाइटेड सात अंकमै सीमित रहेर १२ औं स्थानमा झरेको छ ।

कान्तिपुर

Link copied successfully