यू-१७ वुमेन्स एसियनकप छनोट खेल्ने टिम घोषणा

यो समूहमा आयोजक थाइल्यान्डसँगै तुर्किमिनिस्तान पनि रहेको छ। नेपालले आफ्नो पहिलो खेल तुर्किमिनिस्तानविरुद्ध अक्टोबर १५ मा खेल्नेछ ।

आश्विन ११, २०८२

कान्तिपुर संवाददाता

U-17 Women's Asian Cup Qualifying Team Announced

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले शनिबार यू–१७ वुमेन्स एसियनकप छनोट खेल्ने टिम घोषणा गरेको छ । टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले अन्तिम २३ सदस्य टिम चयन गरेका छन् ।

छनोटका खेल थाइल्यान्डको चोनबरीमा हुनेछ र नेपाल समूह एफ मा रहेको छ । आयोजक थाइल्यान्डसँगै यो समूहमा तुर्किमिनिस्तान रहेका छन् । नेपालले आफ्नो पहिलो खेल तुर्किमिनिस्तानविरुद्ध अक्टोबर १५ मा खेल्नेछ ।

टिमको गोलरक्षकमा झरना डुम्राकोटी, लक्ष्मी ओली र भुपिका शाही छन् । यस्तै डिफेन्डरमा दीक्षा रायमाझी, एलिजाकुमारी विक, ग्यान्सु डोल्मा लो, सम्झना चन्द, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्सु विक परेका छन् ।

मिडफिल्डका खेलाडीमा रविना विक, कृतिशा तामाङ, आशिका कार्की, सहारा लिम्बू, बबटीका कार्की, भुमिका बुढाथोकी (कप्तान) आयुषा रेउले र सिर्जना बडुवाल छन् । फरवार्डमा भने अस्मिता मगर, पूजा गिरी, यामकुमारी विका र अनिता रानामगर छन् । 

कान्तिपुर

Link copied successfully