विश्व पारा एथलेटिक्स : प्रभा र हिमाल बिहीबार भारत जाने

प्रभाले सन् २०२५ मै नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

आश्विन ८, २०८२

कान्तिपुर संवाददाता

World Para Athletics: Prabha and Himal will go to India on Thursday

काठमाडौँ — नेपालका दुई खेलाडीले विश्व पारा एथलेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर २५ देखि अक्टोबर ५ सम्म भारतको नयाँ दिल्लीमा हुने प्रतियोगितामा १–१ पुरुष/महिला खेलाडीले भाग लिने छन् ।

पुरुषमा हिमाल अर्यालले एफ–५५ क्याटगोरीको सटपुटमा प्रतिस्पर्धा गर्नेछन् । महिलामा प्रभा आङदेम्बेले टी–४७ क्याटगोरीको लङजम्पमा खेल्ने छिन् । दुवै खेलाडी विपरटाइटबाट सोझै विश्व च्याम्पियनसिपका लागि छनोट भएका हुन् ।

प्रभाले सन् २०२५ मै नयाँ दिल्लीमा भएको विश्व पारा एथलेटिक्स ग्रान्ड प्रिक्समा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

अफिसियलमा पारा एथलेटिक्स संघ नेपालका अध्यक्ष ओमनाथ सिवोकाटी र व्यवस्थापकमा सचिव साङबु भोटे रहेका छन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले बुधबार बिदाइ गरे । अध्यक्ष सिवाकोटीबाहेक टोली बिहीबार भारत जानेछ । अध्यक्ष सिवाकोटी केही दिनपछि जाने कार्यक्रम छ ।

कान्तिपुर

Link copied successfully