लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो । रायन ग्राभेनबाखले १० औं मिनेटमा टिमलाई अग्रता दिलाएयता ह्युगो एकिटिकेले २९ औं मिनेटमा दोस्रो गोल थपे । एभरटनका लागि इड्रिस गुएयले ५८ औं मिनेटमा एक गोल फर्काए ।
काठमाडौँ — डिफेन्डिङ च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिगमा शनिबार लगातार पाँचौं जित निकालेको छ । उसले एनफिल्डमा भएको मर्सिसाइड डर्बीमा एभरटनलाई २–१ ले हरायो ।
यस जितपछि लिभरपुलको अधिकतम १५ अंक भएको छ र शीर्ष स्थानमा छ । एभरटन भने ७ अंकमा सीमित रहेर सातौं स्थानमा रह्यो ।
लिभरपुलले दुवै गोल पहिलो हाफमा गरेको थियो । रायन ग्राभेनबाखले १० औं मिनेटमा टिमलाई अग्रता दिलाएयता ह्युगो एकिटिकेले २९ औं मिनेटमा दोस्रो गोल थपे । एभरटनका लागि इड्रिस गुएयले ५८ औं मिनेटमा एक गोल फर्काए ।
यस खेलसँगै एलेक्जान्डर इसाकले लिभरपुलका लागि लिगमा डेब्यु गरेका छन् । उनी कीर्तिमान रकममा न्युकासल युनाइटेड छाडेर लिभरपुल आएका थिए र सब्टिच्युट खेलाडीका रूपमा मैदानमा प्रवेश गरे ।
एभरटनका डेविड मोयसले प्रशिक्षकका रूपमा अहिलेसम्म एनफिल्डमा जित निकाल्न सकेका छैनन् । प्रशिक्षकका रूपमा लिभरपुलको घरमा उनको यो २३ औं भ्रमण थियो ।