मुकेश विश्व च्याम्पियनसिपमा दौड्ने

एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहसहित तीन सदस्यीय टोली मंगलबार जापान प्रस्थान गर्दैछन्, जहाँ मुकेशको राष्ट्रिय कीर्तिमानमा ध्यान केन्द्रित हुनेछ।

भाद्र २३, २०८२

कान्तिपुर संवाददाता

Mukesh will run in the World Championships

काठमाडौँ — जापानको टोकियोमा हुने २० औं विश्व एथलेटिक्स च्याम्पियनसिपमा मुकेश पालले प्रतिस्पर्धा गर्ने भएका छन् । सेप्टेम्बर १३ देखि २१ सम्म हुने प्रतियोगितामा मुकेशले १५ सय मिटर दौडमा भाग लिने छन् ।

यस स्पर्धामा मुकेशको नाममा ३ मिनेट ४९ सेकेन्डको राष्ट्रिय कीर्तिमान रहेको छ । उनीसँगै नेपाल एथलेटिक्स संघका सचिव आरके विष्ट अफिसियलका रूपमा जापान जाने छन् ।

सेप्टेम्बर १० देखि १३ सम्म जापानमै हुने विश्व कंग्रेसमा एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाहले सहभागिता जनाउने छन् । ३ सदस्यीय टोली मंगलबार जापान जाने कार्यक्रम छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य र राखेप सदस्य सुवर्ण श्रेष्ठले सोमबार बिदाइ गरे ।

कान्तिपुर

Link copied successfully