ललितपुर क्विन्सले टाइगर कप खेल्ने

टाइगर ग्रुपको आयोजनामा टाइगर कपको छैटौं संस्करण माघ ९ देखि १७ सम्म आयोजना हुने तालिका छ ।

भाद्र २२, २०८२

कान्तिपुर संवाददाता

Lalitpur Queens will play Tiger Cup

काठमाडौँ — एभरेस्ट महिला भलिबल लिगको फ्रेन्चाइज टोली ललितपुर क्विन्सले पोखरामा हुने टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ । टाइगर ग्रुपको आयोजनामा टाइगर कपको छैटौं संस्करण माघ ९ देखि १७ सम्म आयोजना हुने तालिका छ ।

रुप्से स्पोर्ट्स म्यानेजमेन्टको स्वामित्वमा रहेको ललितपुर क्विन्सले गत वर्षदेखि एभरेस्ट महिला भलिबल लिगमा प्रतिस्पर्धा गर्न सुरु गरेको हो । पहिलो संस्करणमा टोली फाइनलमा कर्णालीसँग पराजित भएको थियो । सलिना श्रेष्ठ मार्की खेलाडी रहेको ललितपुरले पोखरामा भइरहेको लिगमा पहिलो दुवै खेल जितेको छ । 

नेपालमा भलिबललाई स्थापित र व्यावसायिक बनाउन देश र विदेशका अन्य प्रतियोगितामा पनि सहभागिता जनाउने ललितपुरले जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully