डबल सर्किटमा सफल र सांग्रिला विजयी

सफल ३ किमि र सांग्रिला २ किमि दूरीमा पहिलो भएका हुन् ।

भाद्र २१, २०८२

कान्तिपुर संवाददाता

Succeeded in the double circuit and Sangrila won

काठमाडौँ — अल्कापुरी हाइस्कुलका सफल पुन र काठमाडौं महानगरपालिका वडा ५ की सांग्रिला श्रेष्ठले डबली सर्किट रन जितेका भएका छन् । सफल ३ किमि र सांग्रिला २ किमि दूरीमा पहिलो भएका हुन् ।

शनिबार सफलले निर्धारित दूरी ११ मिनेट ३४.८ सेकेन्डमा पूरा गरे । अनमोल ज्योतिका अविरलबहादुर सिंह दोस्रो र काठमाडौं इङ्लिसका तीर्थराज उपाध्याय तेस्रो भए ।

सांग्रिलाले निर्धारित पूरा गर्न ९ मिनेट ५२.७ सेकेन्ड खर्चिन् । टंगाल माविकी उमा बम दोस्रो र शिव नरसिंह शिक्षालयकी आसियर तामाङ तेस्रो बने ।

दुवै समूहमा शीर्ष तीन स्थानमा रहनेले क्रमशः १२ हजार, ९ हजार र ६ हजार पुरस्कार पाए । चौथोदेखि दसौं स्थानलाई नगद पुरस्कार प्रदान गरिएको थियो ।

विजेतालाई आयोजक काठमाडौं महानगरपालिका वडा. ५ का अध्यक्ष विनोद प्रजापति, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भाइकृष्ण बलामीलगायतले पुरस्कृत गरे ।

नर दे जीवन्त हाँडीगाऊँको सह–आयोजना तथा गोरखा रनर्स क्लबको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा २ सय ६५ खेलाडी सहभागी थिए । दौड गहनापोखरी हाताबाट सुरु भएर त्यहीं आएर टुंगिएको थियो ।

कान्तिपुर

Link copied successfully