नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले २२ औं संस्करण स्पोर्ट्स अवार्डको चार विधाको मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षक सावर्जनिक गरेको हो ।
What you should know
काठमाडौँ — नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड २०८१ का लागि शनिबार पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक गरी चार विधाका मनोनयन सार्वजनिक भएको छ ।
नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले २२ औं संस्करण स्पोर्ट्स अवार्डको चार विधाको मनोनयनमा पर्ने खेलाडी तथा प्रशिक्षक सावर्जनिक गरेको हो ।
वर्ष पुरुष खेलाडी, वर्ष महिला खेलाडी, वर्ष युवा खेलाडी तथा वर्ष प्रशिक्षकमा उत्कृष्ट ५–५ जनाको मनोनयन गरिएको छनोट समितिले जनाएको छ । वर्ष पुरुषमा क्रिकेटका दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेल, उसुका विजय सिंजाली, टेबलटेनिसका स्यान्टु श्रेष्ठ र खो खो खेलका जनक चन्द मनोनयनमा छन् ।
महिलातर्फ करातेकी एरिका गुरुङ, फुटबलकी रेखा पौडेल, करातेकी एलिसा रास्कोटी मगर, खो खोकी मानमति धामी र भलिबलकी सलिना श्रेष्ठ परेका छन् ।
मञ्चका सचिव अनिल मल्ल ठकुरीको संयोजकत्वमा निरञ्जन राजवंशी, प्रजित शाक्य, हिमेशरत्न वज्राचार्य र विराट रायमाझी रहेको ५ सदस्यीय छनोट समितिले मनोनयन सार्वजनिक गरेको हो । वर्ष २०८१ मा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा प्राप्त गरेको सफलता र उत्कृष्ट प्रदर्शनका आधारमा मनोनयन गरिएको जनाइएको छ ।
वर्ष युवा खेलाडीको मनोनयनमा एथलेटिक्सका अजय विक, करातेकी अञ्जली महर्जन, क्रिकेटकी पूजा महतो, बक्सिङकी स्वस्तिका र फुटबलका समीर तामाङ छन् । वर्ष प्रशिक्षकमा पारा तेक्वान्दोका कविराज नेगी लामा, करातेका कुशल श्रेष्ठ, बक्सिङका दीपक महर्जन, क्रिकेटका महेश रिजाल र खो खोका लक्ष्मीनारायण वैद्य मनोनयन परेका छन् ।
अवार्ड पोखरामा भदौ २९ गते आयोजना हुनेछ । पोखरा इभेन्ट सेन्टरमा हुने अवार्डको दिन नै सबै (१० विधा) को विजेता घोषणा गरिनेछ । अवार्ड कार्यक्रमका लागि मञ्चको अन्तर्राष्ट्रिय मातृसंस्था एआईपीएसका अध्यक्ष जियानी मेर्लो नेपाल आउने भएका छन् ।
अवार्डकै पिपल्स च्वाइस विधाको मनोनयन यसयघि नै सार्वजनिक भइसकेको छ । त्यसमा विजय सिन्जाली (उसु), पूजा महतो (क्रिकेट), हिमाल सुनारी (भलिबल), रेखा पौडेल (फुटबल) र इभाना थापा (टेबलटेनिस) छन् । डिजिटल वालेट खल्ती वाई आइएमईबाट भोटिङ, नेपाल खेलकुद पत्रकार मञ्चको र मुख्य प्रायोजक गोल्छा ग्रुपको आधिकारिक फेसबुक पेजबाट भोटिङ जारी मञ्चले जनाएको छ ।
वर्ष पुरुष, महिला, युवा, प्रशिक्षक र पिपल्स च्वाइस विधाको विजेतालाई पल्सर मोटरबाइक प्रदान गरिनेछ । अन्य विधाका विजेताले जनही एक लाख रुपैयाँ पाउने मञ्चले जनाएको छ ।
गोल्छा ग्रुपको पल्सर मोटरसाइकल मुख्य प्रायोजक रहेको अवार्डको प्रवर्द्धकमा पोखरा महानगरपालिका रहेको छ । सहप्रायोजक र सहयोगीमा खल्ती, नासा सेक्युरिटिज, केल्मी नेपाल, यति एयरलाइन्स, मझेरी रिसोर्ट एन्ड स्पा, म्याजेस्टिक होटल, प्लाजा ग्रुप अफ होटल्स, इमेजिङ, राष्ट्रिय खेलकुद परिषद् (राखेप), बागमती खेलकुद विकास परिषद्, सूर्य नेपाल प्रालि, होटल रोयल सिंगी, नेपाल टुरिजम बोर्ड, स्विफ्ट होलिडेज, रारा चाउचाउ र नेपाल ओलम्पिक कमिटी (एनओसी) रहेको मञ्चले जनाएको छ ।
खेलाडीले प्राप्त गरेको सफलता तल उल्लेख छ :
वर्ष खेलाडी पुरुष
१. विजय सिन्जाली (उसु)
–जापानको योकोहमामा सम्पन्न तेस्रो थाउलो वर्ल्ड कपमा कांस्य पदक जित्न सफल खेलाडी ।
–साउदी अरेबियाको रियादमा भएको विश्व कम्ब्याट च्याम्पियनसिपमा स्वर्ण पदक
–चीनमा सम्पन्न दुई अन्तर्राष्ट्रिय आमन्त्रण उसु च्याम्पियनसिपमा तुइलेन विधामा तेस्रो स्थान
–विगतमा १३औं सागमा स्वर्ण र १२औं सागमा रजत जित्न सफल खेलाडी ।
२. दीपेन्द्र सिंह ऐरी (क्रिकेट)
–एसिसी प्रिमियर कप २०२४ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै ऐतिहासिक कीर्तिमान बनाउन सफल । यस्तो कीर्तिमान बनाउने टी ट्वान्टी अन्तर्राष्ट्रियकै तेस्रो खेलाडी ।
–वर्ष २०८१ मा ३७० रन जोड्नुका साथै २० विकेट लिन सफल खेलाडी
–अमेरिकामा सम्पन्न टी २० विश्वकपमा ६ विकेट लिादै सर्वाधिक विकेट लिने नेपाली बलर ।
–टी २० विश्वकपमा टेस्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध तीन विकेट र बंगलादेशविरुद्ध दुई विकेट
–नेपाल प्रिमियर लिग एनपिएलको पहिलो संस्करणमा सर्वोकृष्ट खेलाडी बन्दै कार जित्न सफल
–प्रधानमन्त्री कपमा नेपाल पुलिस क्लबलाई च्याम्पियन बनाउने क्रममा चार अर्धशतकसहित तीन सय ८ रन र सात विकेट लिन सफल ।
३. जनक चन्द (खो खो)
–भारतमा भएको पुरुष खोखो विश्वकपमा नेपाल उपविजेता बन्दा टोलीका महत्त्वपूर्ण खेलाडी ।
–उक्त विश्वकपको दुई खेलमा प्लेअर अफ दी म्याच बन्न सफल उपकप्तान ।
–लिगको ब्राजिलसागको खेलमा उत्कृष्ट खेलाडी । सेमिफाइनलमा इरानसागको खेलमा पनि उत्कृष्ट खेलाडी ।
४. कुशल भुर्तेल (क्रिकेट)
–वर्ष २०८१ मा अलराउन्ड प्रदर्शन गर्ने क्रममा ४८१ रन बनाउनुका साथै २० विकेट लिन सफल ।
–अमेरिकामा भएको टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा सर्वाधिक १४२ रन बनाउने खेलाडी
–टी २० विश्वकप २०२४ मा टेस्ट राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध चार विकेट लिन सफल ।
–हङकङ चारदेशीय शृंखलामा कतार र कुवेतसागका खेलमा कुशल प्लेयर अफ द म्याच घोषित ।
–प्रधानमन्त्री कपमा ४ अर्धशतक सहित ३३५ रन र ९ विकेट लिन सफल ।
–जय ट्रफीमा २ अर्धशतक सहित २०४ रन र १८ विकेट ।
५. श्यान्टु श्रेष्ठ (टेबलटेनिस)
–छनोट चरण पार गरेर ओलम्पिक पुग्न सफल नेपालका तेस्रो खेलाडी ।
–नेपालमा भएको दक्षिण एसियाली छनोटमा नेपालकै रविन्ऽ कपालीलाई हराउादै पेरिस ओलम्पिकमा खेल्न सफल ।
–पेरिस ओलम्पिकमा मार्च पासमा राष्ट्रिय झन्डा बोक्ने खेलाडी ।
वर्ष खेलाडी महिला
१. एरिका गुरुङ (कराते)
– भुटानमा सम्पन्न आठौं दक्षिण एसियाली करातेमा दोहोरो स्वर्ण पदक
–अस्ट्रेलियन ओपन २०२४ मा स्वर्ण पदक
– चीनमा भएको एकेएफ २०औं सिनियर कराते च्याम्पियनसिपमा रजत पदक,
– सिंगापुरमा सम्पन्न १६औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा स्वर्ण पदक
– दुबईमा भएको विश्व कराते वन युथ लिगमा रजत पदक
२. मानमती धामी (खो खो )
–महिला खो खो विश्वकपमा उपविजेता बन्दाका टोलीका मुख्य खेलाडी ।
–चार वटा खेलमा प्लेअर अफ दी म्याच बन्ने क्रममा फाइनलमा बेस्ट डिफेन्डर । सेमिफाइनलमा बेस्ट अट्याकर ।
–आर्मी च्याम्पियन भएको उपाध्यक्ष खो खो महिला प्रतियोगितामा उत्कृष्ट प्रदर्शन ।
३ एलिसा रास्कोटी मगर (कराते)
–भुटानमा भएको आठौं दक्षिण एसियाली कराते अन्तर्गत टिम र एकलमा स्वर्ण पदक
–सिंगापुरमा सम्पन्न१६औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपमा एकल कातामा कांस्य र टिम कातामा रजत
–५६औं राष्ट्रिय कराते च्याम्पियनसिपमा एकल र टिममा स्वर्ण
–कृष्ण प्रसाद भट्टराई स्मृति कराते च्याम्पियनसिपको टिम कातामा स्वर्ण
४. सलिना श्रेष्ठ (भलिबल)
–काभा नेसन्स महिला लिगमा नेपाल उपविजेता हुादा उत्कृष्ट लिबेरो
–लिगमा भारतलाई पहिलोपल्ट हराउन सफल टोलीकी सदस्य
–टाइगर कपमा उत्कृष्ट लिबेरो ।
–फ्रेन्चाइज लिग एभरेस्ट महिला भलिबल लिगमा ललितपुर क्विन्सलाई फाइनलसम्म पुर्याउादाका कप्तान ।
५. रेखा पौडेल (फुटबल)
–एएफसी महिला च्याम्पियन्स लिग खेल्ने नेपालकी पहिलो खेलाडी ।
–अबुधाबी कन्ट्री क्लबबाट डेब्यु खेलमै लाओसको योङ एलिफेन्ट्सविरुद्ध निर्णायक गोल गर्ने खेलाडी
–रेखाकै गोलमा साउदी अरबको अल नासरलाई १–० ले हराउादै क्लबलाई अर्को चरणमा प्रवेश गर्न सफल ।
–नेपालमा सम्पन्न साफ महिला च्याम्पियनसिप २०२४ मामाल्दिभ्सविरुद्ध पााच गोल र श्रीलंकाविरुद्ध दुई गोल गर्दै ७ गोलसहित सर्वाधिक गोलकर्ता ।
वर्ष खेलाडी युवा
१. अजय बिक (एथ्लेटिक्स)
–चौथो दक्षिण एसियाली जुयिनर एथलेटिक्स च्याम्पियनसिपमा कांस्य पदक जित्ने खेलाडी
–भारतको चेन्नईमा भएको ३ हजार मिटर दौडमा उनले ९ मिनेट ०८.९१ सेकेन्डमा दौड पूरा गर्न सफल ।
–पाकिस्तानमा सम्पन्न साफ क्रस कन्ट्री च्याम्पियनसिपको टिम इभेन्टमा कांस्य
२. अञ्जली महर्जन (कराते)
–भुटानमा भएको दक्षिण एसिया यु–२१ कराते च्याम्पियनसिपमा स्वर्ण जित्न सफल खेलाडी
– सिंगापुरमा भएको १६औं एसिया प्यासिफिक कराते च्याम्पियनसिपको ५० केजी तौल समुहमा स्वर्ण
–५६औं यु १८ राष्ट्रिय कराते च्याम्पियनसिपमा स्वर्ण
३.पूजा महतो (क्रिकेट)
–नेपाली यु १९ महिला टोलीलाई इतिहासमा पहिलो पटक महिला विश्वकपमा छनोट गराउने टोलीकी कप्तान
–छनोट खेलमा २७२ बनाई सर्वाधिक रनकर्ता तथा १० विकेट लिन सफल
–कुवेत विरुद्ध अविजित १३० रनको शतकीय पारी ।
–एसिसी महिला यु–१९ एसिया कप २०२४ मा पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इतिहास रच्ने कप्तान ।
४. स्वस्तिका तिरुवा (बक्सिङ)
–बहराइनमा सम्पन्न आइएसएफ जिम्नासाइडमा बक्सिङतर्फ स्वर्ण विजेता
–नेपालका लागि दोस्रो अन्तर्राष्ट्रिय सहभागितामा नै पहिलो स्वर्ण पदक
–प्रकाश दाहाल स्मृति बक्सिङमा रजत र जुनियर च्याम्पियनसिपमा स्वर्ण
५. समीर तामाङ (फुटबल)
–ताइपेईमा भएको एएफसी यु–२० च्याम्पियनसिपमा चाइनिज ताइपेईविरुद्ध हृयाट्रिक गर्ने खेलाडी
–प्रतियोगिताभर नेपालले चार गोल गरेकोमा चारवटै गोल समीरको नाममा
–यु–२० साफ च्याम्पियनसिपमा नेपाल फाइनलमा पुग्दा समीरद्धारा २ गोल गर्न सफल
–फाइनलमा ४–१ ले पराजित हुादा समीरले एक गोल गर्न सफल
वर्ष प्रशिक्षक
१. दीपक महर्जन (बक्सिङ)
–बहराइनमा सम्पन्न आइएसएफ जिम्न्याजियममा दुई स्वर्ण र दुई कांस्य जित्दाका प्रशिक्षक
–भुटानमा भएको फोर नेसन्स बक्सिङ च्याम्पियनसिपमा नेपाललाई ४ स्वर्ण, ३ रजत र २ कास्य पदक दिलाउन सफल
२. कविराज नेगी लामा (पारा तेक्वान्दो)
–पलेशा गोवर्धनले पेरिस पारालिम्पिक २०२४ मा ऐतिहासिक कांस्य दिलाउादाका प्रशिक्षक
–नेगीकै प्रशिक्षणमा भरत सिंह महता पेरिस २०२४ पारालिम्पिक गेम्समा सहभागी हुन सफल ।
३. लक्ष्मी नारायण वैद्य (खो खो)
–भारतमा सम्पन्न विश्वकप खो खो प्रतियोगितामा महिला टोलीले रजत पदक जित्दाका प्रशिक्षक
–नेपाली खो खो को प्रमुख प्रशिक्षक बन्दै लामो समय खेलाडी उत्पादनमा सक्रिय ।
४ महेश रिजाल (क्रिकेट)
–नेपाली महिला यु–१९ टोलीलाई इतिहासमै पहिलोपल्ट यु १९ विश्वकप पुर्याउन सफल प्रशिक्षक
–यु–१९ विश्वकप एसिया छनोटमा घरेलु टोली युएईलाई आठ विकेटले हराउादै नेपाल छनोटको शीर्ष स्थानमा रहन सफल
–यु–१९ महिला एसिया कपमा नेपालले टेस्ट राष्ट्र पाकिस्तानलाई ६ विकेटले पराजित गर्दाका प्रशिक्षक ।
५. कुशल श्रेष्ठ (कराते)
–चीनमा सम्पन्न २०औं एसियन सिनियर कराते च्याम्पियनसिपमा एरिका गुरुङले रजत जित्दाका प्रशिक्षक
–डब्लुकेएफ कराते वान युथ लिगमा एक रजत
–आठौं दक्षिण एसियाली क्याडेट, जुनियर, यु–२१ तथा सिनियर कराते च्याम्पियनसिप ३१ स्वर्ण, २० रजत र ११ कांस्य दिलाउन सफल प्रशिक्षक
–युएस ओपन कराते च्याम्पियनसिपमाएक स्वर्ण र रजत तथा अस्ट्रेलियन ओपन कराते च्याम्पियनसिपमा एक स्वर्ण चार कांस्य
–सिंगापुरमा भएको १६औं एसियन सितोरियो कराते च्याम्पियनसिपमा दुई स्वर्ण र १ रजत जिताउँदाका प्रशिक्षक
