आयोजक समृद्धि टिम च्याम्पियन

दुईदिने प्रतियोगितामा काता र कुमितेमा गरी ४५ स्पर्धामा २ सय ८३ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

भाद्र २१, २०८२

कान्तिपुर संवाददाता

Organizer Samriddhi Team Champion

काठमाडौँ — इन्डो–नेपाल कराते प्रतियोगितामा शनिबार समृद्धि स्कुल टिम च्याम्पियन बनेको छ । आयोजक समृद्धि २० स्वर्ण, १० रजत र ८ कांस्य पदक जित्दै टिम च्याम्पियन बन्यो ।

आफ्नै स्कुल परिसरमा भएको प्रतियोगितामा भारत १० स्वर्णसाथ दोस्रो भएको भयो । कुमितेको ब्वाइजमा समृद्धिका सविर श्रेष्ठ डंगोल र गर्ल्समा मनमैजुकी सपना गिरी उत्कृष्ट खेलाडी घोषित भए । कातामा बेदाङ्गकी अन्भी शाही उत्कृष्ट खेलाडी चुनिइन् । अन्भीले दोहोरो स्वर्ण जितिन् । प्रशिक्षकमा बेदाङ्गका डम्बरबहादुर आले र निर्णायकमा सुवास कार्की उत्कृष्ट ठहरिए ।

विजेतालाई नेपाल कराते महासंघका वरिष्ठ उपाध्यक्ष एवं नेपाल वादोरियो कराते संघका अध्यक्ष हरिशरण केसीले पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा काता र कुमितेमा गरी ४५ स्पर्धामा २ सय ८३ खेलाडीले प्रतिस्पर्धा गरेको संयोजक रवि शाहीले जनाएका छन् ।

कान्तिपुर

Link copied successfully