विश्वकप छनोटको इतिहासमा जर्मनी पराजित रहेको यो दुर्लभ चौथो अवसर मात्रै हो ।
काठमाडौँ — जर्मनीले युरोपेली विश्वकप छनोट समूह ‘ए’ को आफ्नो पहिलो खेलमा शुक्रबार स्लोभाकियाको हातबाट २–० को आश्चर्यजनक र स्तब्धपूर्ण हार बेहोरेको छ ।
विश्वकप छनोटको इतिहासमा जर्मनी पराजित रहेको यो दुर्लभ चौथो अवसर मात्रै हो । डेविड हान्कोको गोलले अग्रता लिएको स्लोभाकियाका लागि डेविड स्टलेचले दोस्रो गोल थपे ।
यसै समूहको अर्को खेलमा उत्तरी आयरल्यान्डले लक्जेम्बर्गलाई ३–१ ले पराजित गर्यो । यस्तै समूह ‘ई’ मा स्पेनले बुल्गेरियालाई ३–० ले हरायो भने टर्कीले जर्जियालाई ३–२ ले पन्छायो ।
समूह ‘जी’ मा नेदरल्यान्ड्स र पोल्यान्डले १–१ को बराबरी खेले । यसै समूहमा लिथुवानिया र माल्टाले पनि १–१ कै बराबरी खेले।
