एनिसिमोभाले लिइन् स्वाटिकमाथि बदला

एनिसिमोभाले आर्थर ऐस स्टेडियममा स्वाटिकलाई ६–४ र ६–३ ले हराएकी हुन्।

भाद्र १९, २०८२

कान्तिपुर संवाददाता

Anisimova takes revenge on Swatic

काठमाडौँ — विम्बल्डन फाइनलमा बेहोरेको एक पक्षीय हारको बदला लिंदै अमेरिकाका आठौं वरीयताकी खेलाडी अमान्डा एनिसिमोभाले इगा स्वाटिकलाई हराउँदै बिहीबार यूएस ओपनको सेमिफाइनल यात्रा तय गरेकी छिन् ।

एनिसिमोभाले आर्थर ऐस स्टेडियममा स्वाटिकलाई ६–४ र ६–३ ले हराएकी हुन्। विम्बल्डनको पछिल्लो फाइनलमा स्वाटिक ६–० र ६–० ले विजयी रहेकी थिइन् ।

यसलाई अहिलेसम्मकै एकपक्षीय ग्रान्ड स्लाम फाइनल मानिन्छ । तर यसपल्ट स्वाटिकको प्रदर्शन त्यस्तै रहेन् र जितसँगै एनिसिमोभामा अपार खुसी छाएको थियो ।

पुरुषतर्फ फेलिक्स एगर–एलिसिम अन्तिम चार पुगेका छन् र उनले यसका लागि एलेक्स डे मिनरलाई ४–६, ७–६, ७–५ र ७–६ ले पराजित गरे ।

कान्तिपुर

Link copied successfully