सेप्टेम्बर ५ देखि ७ सम्म चीनको साओगाउँमा जाने हुने प्रतियोगितामा ६ पुरुष र ३ महिला खेलाडीले भाग लिने छन् ।
काठमाडौँ — एकेएफ यू–२२ कराते च्याम्पियनसिपको २३ औं संस्करणमा नेपालका ९ खेलाडीले भाग लिने भएको छ ।
सेप्टेम्बर ५ देखि ७ सम्म चीनको साओगाउँमा जाने हुने प्रतियोगितामा ६ पुरुष र ३ महिला खेलाडीले भाग लिने छन् ।
पुरुष ६७ केजीमुनि प्रदीप मगर, कातामा जावेद रेहान, ५५ केजीमुनि साइमन श्रेष्ठ, ६८ केजीमुनि निशान तामाङ, ६१ क्जेीमुनि सन्दीप तामाङ र ७६ केजीमाथि निगम तिम्सिनाले प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ ६१ केजीमुनि मनीषा बोहरा, ५० केजीमुनि अञ्जली मगर र ५३ केजीमुनि सोनाम शेर्पाको सहभागिता रहनेछ । अफिसियलमा राजेन्द्र बराल र प्रशिक्षकमा कुशल श्रेष्ठ छन् । कुशल चीन पुगिसकेका छन् ।
टोलीलाई सफलताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सोमबार बिदाइ गरे ।
