श्रेष्ठ र राजकर्निकारलाई दुई वर्षको प्रतिबन्ध

अगस्ट २८ मा बसेको कार्यकारी बैठकले आफूसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुनबाट प्रतिबन्ध लगाएको हो ।

भाद्र १६, २०८२

कान्तिपुर संवाददाता

Shrestha and Rajkarnikar were banned for two years

काठमाडौँ — ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) ले नेपाल ट्रायथलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठ र नेपाल घोडाचढी संघका अध्यक्ष रवि राजकर्निकारलाई दुई वर्षको प्रतिबन्ध लगाएको छ ।

ओसीएको अगस्ट २८ मा बसेको कार्यकारी बैठकले आफूसँग सम्बन्धित कुनै पनि गतिविधिमा संलग्न हुनबाट प्रतिबन्ध लगाएको हो ।

ओसीएकै एथिक्स कमिटीको निर्णय र सिफारिसमा यो निर्णय गरिएको हो । उसले प्रतिबन्ध तत्काल लागू हुने भनेको छ । त्यही एथिक्स कमिटीका अध्यक्ष देवेन्द्रनाथ सारंगीले पत्र लेख्दै प्रतिबन्धबारे जानकारी दिएको हो । यसअघि ओसीएले उनीहरूलाई ९० दिनको प्रतिबन्ध लगाएको थियो ।

श्रेष्ठ र राजकर्निकार दुवै ध्रुवबहादुर प्रधानको नेतृत्वमा गठिन तथा सरकार समर्थित नेपाल ओलम्पिक कमिटीको तदर्थ कमिटीमा सदस्य रहेका छन् । 

कान्तिपुर

Link copied successfully