भुटानसँग नेपालको बराबरी

भुटानविरुद्धको खेलमा नेपालले १५ औं मिनेटमा अग्रता लिए पनि पहिलो हाफको इन्ज्युरी समयमा सोनाम याङचिनले बराबरी गोल फर्काइन्।

भाद्र १५, २०८२

कान्तिपुर संवाददाता

Nepal equals Bhutan

काठमाडौँ — नेपालले भुटानसँगको निराशाजनक बराबरीसँगै आइतबार यू–१७ वुमेन्स साफ च्याम्पियनसिप यात्रा टुंग्याएको छ । दोहोरो राउन्ड रोबिनको आधारमा चलेको प्रतियोगिताको अन्तिम लिग खेलमा भुटानले नेपाललाई १–१ को बराबरीमा रोकेको हो ।

भुटानको थिम्पुस्थित चाङलिमिथाङमा भएको खेलमा नेपालले बविता कार्कीको गोलले १५ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्ज्युरी समयमा भुटानका लागि सोनाम याङचिनले बराबरी गोल फर्काइन् । यस अगाडिको खेलमा बंगलादेशले विजेता भइसकेको भारतमाथि ४–३ को जित रच्यो ।

अन्तिम खेलको नतिजापछि नेपाल छ खेलबाट चार अंकसहित तेस्रो स्थानमा रह्यो । भुटान भने दुई अंकमा चार टिममध्ये सबैभन्दा पुछारमा रह्यो । अन्तिम खेल अगाडि नै भारत च्याम्पियन भइसकेको थियो । भारत १५ अंकमा शीर्ष स्थानमा रह्यो भने उसको पछाडि १३ अंकमा रह्यो । 

कान्तिपुर

Link copied successfully