धाविका राजपुरासहित १२ धावकको सम्मान

उनीहरूलाई पूर्वप्रधानमन्त्री झलनाथ खनाल, दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, कार्यक्रम संयोजक जशु लामा, बुद्धवीर लामालगायतले सम्मान गरे ।

भाद्र १४, २०८२

कान्तिपुर संवाददाता

Honoring 12 runners including runner Rajpura

काठमाडौँ — प्रयास मञ्च नेपालले धाविका राजपुरा पछाईं र विभिन्न घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका र उत्कृष्ट प्रदर्शन गरेका भेट्रान धावक र खेलकर्मीसहित १२ जनालाई सम्मान गरेको छ ।

उनीहरूलाई शनिबार भेट्रान धावक एवं गीतकार बुद्धवीर लामाको नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित १४ औं सांगीतिक साँझका अवसरमा सम्मान गरिएको हो । राजपुराले दक्षिण एसियाली क्रसकन्ट्री च्याम्पियनसिपको १० किलोमिटर दूरीमा रजत पदक जितेकी थिइन् । उनले यो पदक जितेकामा सरकारबाट सम्मान नभएकोमा गुनासो पोखिन् । राजपुराले भनिन्, ‘सरकारले सम्मान नगरे पनि यो सम्मानले गर्व महसुस भएको छ, ऊर्जा थपेको छ । यस संस्थाप्रति आभारी छु ।’

सम्मानित हुनेमा नेपाल विद्यालय खेलकुद महासंघका उपाध्यक्ष मोहनकुमार कार्की, पुष्पलाल श्रेष्ठ, सीता रिमाल, जयराम लामा, दीपककुमार रन्जित, धर्म महर्जन, याङ्दी लामा, रोशनी शाह, लाक्पा शेर्पा लामा र त्रिरत्न मानन्धर छन् ।

Honoring 12 runners including runner Rajpura

नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसी, खेलकुद र शिक्षा क्षेत्रमा योगदान पुर्‍याएवापत ज्ञानोदय बालबाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बा, ज्ञानोदयका डली गुरुङ (प्रतिभा), भाइस प्रिन्सिपल भानु ए लगायतलाई विशेष सम्मान गरियो । ज्येष्ठ नागरिक, समाजसेवीसहित विभिन्न क्षेत्रमा योगदान पुर्‍याउनेलाई पनि सम्मान गरिएको थियो ।

उनीहरूलाई पूर्वप्रधानमन्त्री झलनाथ खनाल, दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धर, कार्यक्रम संयोजक जशु लामा, बुद्धवीर लामालगायतले सम्मान गरे ।

कान्तिपुर संवाददाता

Link copied successfully