घरेलु कोर्टमा ज्ञानोदयले जेम्सलाई ४९–१७ स्कोरले पराजित गर्दा सोनी पुरीले १८ स्कोर जोडे ।
काठमाडौँ — ३१ औं ज्ञान कार्निभलअन्तर्गत ब्वाइज बास्केटबलमा आयोजक ज्ञानोदय बालबाटिका क्वाटरफाइनलमा पुगेको छ ।
घरेलु कोर्टमा ज्ञानोदयले जेम्सलाई ४९–१७ स्कोरले पराजित गर्दा सोनी पुरीले १८ स्कोर जोडे । टीआईएले ओएसिसलाई ५९–३७ ले, मल्पी सिटीले लिटिल एन्जल्सलाई ५४–२३ ले, हिमालयले मल्पीलाई ६६–३७ ले, पुष्पसदनले आइडियल मोडेललाई ४८–४६ ले र बालदीक्षा सदनले रातो बंगलालाई ३४–१६ स्कोरले हराएर क्वाटरफाइनल सुरक्षित गरे ।
ब्वाइज फुटबलमा बृहस्पतिले द एक्सेल्सियरलाई ५–१ गोलले हरायो । बृहस्पतिका तेलाजियोन गुरुङले २, सौरिस श्रेष्ठ र आरभजंग कार्कीले १–१ गोल गरे । एक गोल आत्मघाती थियो । एक्सेल्सियरका आयान महर्जनले एक गोल फर्काए ।
