परिवर्तन खोज्दै एमोरिम

सन् २०१२–०१३ मा एलेक्स फर्गुसनले प्रशिक्षक पद छाडेयता युनाइटेडले बेहोरेको यो नै सबैभन्दा खराब नतिजा मानिएको छ ।

भाद्र १३, २०८२

एएफपी

Amorim looking for change

लन्डन — निरास र दुःखी बनेका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक रुबेन एमोरिम क्लबमा केही न केही ठूलो परिवर्तन आवश्यक रहेको बताएका छन् । इंग्लिस लिग कप दोस्रो चरणमा लिग–टु प्रतिद्वन्द्वी ग्रिम्सबीसँग लज्जास्पद ढंगले हारेपछि एमोरिमको यो प्रतिक्रिया अगाडि आएको हो ।

सन् २०१२–०१३ मा एलेक्स फर्गुसनले प्रशिक्षक पद छाडेयता युनाइटेडले बेहोरेको यो नै सबैभन्दा खराब नतिजा मानिएको छ । 

युनाइटेड चौथो डिभिजनको क्लबको हातबाट पराजित भएर इंग्लिस कपबाट बाहिरिएको यो पहिलो पटक हो । सुरुमा ग्रिम्सबीले दुई गोलको अग्रता लिएसँग युनाइटेड निर्धारित समयको खेल २–२ को बराबरीमा टुंग्ल्याउन सफल भएको थियो । तर, टाइब्रेकरमा युनाइटेड १२–११ ले पराजित रह्यो । 

एएफपी

Link copied successfully