फाइनलमा स्याङ्जाको ढुंगेदेउरालीले जीएम समाज कावासोतीलाई ३–२ सेटमा पराजित गर्दै ३ लाख रुपैयाँ जितेको हो।
पोखरा — ढुंगेदेउराली क्लब मंगलबार रारा लामाचौर कप खुला पुरुष भलिबल प्रतियोगितामा च्याम्पियन बनेको छ ।नवआदर्श सामुदायिक विकास समाजको आयोजित फाइनलमा स्याङ्जाको ढुंगेदेउरालीले जीएम समाज कावासोतीलाई ३–२ सेट (२२–२५, २५–१८, २५–२७, २६–२४, १५–१२) ले मा पराजित गर्दै ३ लाख रुपैयाँ जितेको थियो । उपविजेता जीएमले १ लाख ५० हजार जित्यो ।
ढुंगेदेउराली सञ्जुविक्रम शाह कप्तानीको उत्रेको हो । ढुंगेदेउरालीका सफल बिक सर्वोत्कृष्ट खेलाडी भए । उनले १० हजार पाए । उनी म्याच अफ द फाइनल पनि बने । विधागत पुरस्कारमा विजेताको वर्चस्व रह्यो । बेस्ट स्पाइकर सञ्जुविक्रम, बेस्ट डिफेन्डर राजन दर्लामी, बेस्ट सर्भर किसान गुरुङ, इमर्जिङ प्लेयर सुगम सुनार र बेस्ट प्रशिक्षक विक्रम नेपाली चुनिए । जीएम समाजका विवश आले बेस्ट सेटर र हिमाल सुनारी बेस्ट ब्लकर भए ।
त्यस्तै लामाचौर कप अन्तरमावि छात्रा भलिबलको उपाधि शान्ता माविले जितेको छ । फाइनलमा लामाचौरले टप्स माविलाई ३–१ सेटमा पराजित गर्दै १ लाख जितेको छ । उपविजेताले ५० हजार पायो । बेस्ट प्लेयर शान्ताकी पृथ्वी गाह बनिन् ।
अपेक्षा बिक बेस्ट स्पाइकर, एस्तर राई बेस्ट सर्भर, प्रमिला नेपाली बेस्ट ब्लकर, एलिना गुरुङ बेस्ट लिबेरो, टप्सकी एलिजा आले बेस्ट सेटर घोषित भए । बेस्ट प्रशिक्षकमा शान्ताका दिनेश चौधरी र राइजिङ प्लेयर पोखरा युनाइेटेडकी यमुना थापा बने । २७ औं संस्करणको लामाचौर तीज महोत्सवअन्तर्गत लामाचौर कप आयोजना भएको हो ।
