पहिलो पटक डीएभी स्पोर्ट्स गाला : क्रिकेटमा पुलिस र फुटबलमा कान्जिरोवा च्याम्पियन

क्रिकेट फाइनलमा नेपाल पुलिस स्कुलले एलआरआई स्कुललाई ४९ रनले पराजित गर्दै उपाधि जित्यो ।

भाद्र ११, २०८२

कान्तिपुर संवाददाता

First ever DAV Sports Gala: Police in Cricket and Kanjirova Champions in Football

What you should know

काठमाडौँ — ललितपुरस्थित डीएभी सुशील केडिया विश्व भारती स्कुलद्वारा आयोजित पहिलो संस्करण सुशील केडिया मेमोरियल स्पोर्ट्स गाला २०२५ सकिएको छ । स्पोर्ट्स गालामा कुल ९१ विद्यालयको सहभागिता थियो । बिभिन्न ६ खेलको टिम र व्यक्तिगत विधामा प्रतिस्पर्धा भएको थियो । स्पोर्ट्स गाला डीएभी स्कुलले आयोजना गरेको ठूलो प्रतियोगिता हो ।

क्रिकेट फाइनलमा नेपाल पुलिस स्कुलले एलआरआई स्कुललाई ४९ रनले पराजित गर्दै उपाधि जित्यो । जितका ७२ रनको लक्ष्य पाएको एलआरआईले ४.३ ओभरमा २३ रनमै सबै विकेट गुमायो । पुलिसका आर्यन शाहले ४ विकेट लिएर एलआरआईलाई धराशासी बनाए । उनले ब्याटिङमा पनि ३१ रन बनाएका थिए ।

एलआरआईका अभि थपलिया उत्कृष्ट खेलाडी भए । उत्कृष्ट ब्याटर डीएभीका आरुष झा, उत्कृष्ट बलर पुलिसका आर्यन शाह, उत्कृष्ट विकेटकिपर जेम्सका दीक्षान्त मिश्रा तथा रेडियन्ट रिडर्सका सनातन नेपाल उदीयमान खेलाडी चुनिए ।

फुटबलतर्फ १८ टोली भाग लिँदा कान्जिरोवा माध्यमिक विद्यालयले उपाधि जित्यो । मोर्डन इन्डियन दोस्रो र डीएभी तेस्रो स्थानमा रहे । डीएभीका आर्यन झा उत्कृष्ट गोलकिपर, मोर्डन इन्डियनका दिपाङ्कर भुसाल सर्वाधिक गोलकर्ता, कान्जिरोवाका तुसार गिरी उदीयमान खेलाडी र म्यान अफ द फाइनल तथा एनके मेमोरियलका फेयर प्ले टिम पुरस्कार जिते । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले गरेका थिए ।  

तेक्वान्दोमा ९ विद्यालयबीच प्रतिस्पर्धा हुँदा विष्णुदेवी माध्यमिक विद्यालय प्रथम, डिएभी दोस्रो र जेम्स तथा जुगल नव गुरुकुल विद्यालय तेस्रो भए । महिला उत्कृष्ट पुम्से खेलाडीमा विष्णुदेवीकी वर्षिका महरा, पुरुष उत्कृष्ट पुम्से खेलाडीमा बोधिवृक्षका नभ्यम लामा, महिला उत्कृष्ट फाइटरमा डिएभीकी गरिमा पुन र उदीयमान खेलाडीमा डिएभीकै अक्षुन्ना राई घोषित भए ।

पुरुष बास्केटबलमा १० विद्यालय सहभागी हुँदा एलआरआई विद्यालय प्रथम र ज्ञानोदय विद्यालय दोस्रो बने । एलआरआईकै रियुची श्रेष्ठ सर्वाधिक स्कोरर तथा राकेश भुजेल एमभीपी घोषित भए । महिला बास्केटबलमा १० विद्यालय सहभागी हुादा जेम्स स्कूल प्रथम र ज्ञानोदय दोस्रो बने । जेम्सकै कृशा ढकाल शीर्ष स्कोरर र दिव्यंसा कार्की एमभीपी बने ।

टेबलटेनिसतर्फ १५ विद्यालयले प्रतिस्पर्धा गरेका थिए । पुरुष टिम इभेन्टमा युनाइटेड स्कुल प्रथम, सृष्टि एकेडेमी दोस्रो र एभीएम तथा डिएभी तेस्रो भए । महिला टिम इभेन्टमा एभीएम प्रथम, युनाइटेड दोस्रो र पुष्पसदन तथा मोर्डन इन्डियन स्कुल तेस्रो भए ।

विभिन्न उमेर समूहको विधाहरुमा डिलाइट किन्डरगार्डेन हाई स्कूलका निर्भिक शाक्य, श्रीष्टी एकेडेमीकी अनुस्का शाह, काव्या स्कूलका तृजल चौधरी र तोरण नवजीवन स्कुलकी प्रमिशा पुन उत्कृष्ट खेलाडी बने । युनाइटेड युनिभर्सलका सरुरत गौतम, डिएभीकी रुमानी पाठक, पुष्पसदनका एरोन महर्जन र डिएभीकी स्नेहा कुमारी महतोलाई रायजिङ प्लेयर अवार्ड दिइयो । एभीएमका काव्या शाक्य र शिरीषराज शाक्य उदयमान खेलाडी बने ।

ब्याडमिन्टनमा १३ विद्यालय सहभागी हुादा नेपाल पुलिस स्कूल प्रथम, सेन्ट मेरिज दोस्रो र केन्द्रीय विद्यालय तेस्रो भए । व्यक्तिगततर्फ डीएभीका सुमिर ढकाल उत्कृष्ट पुरुष खेलाडी, सेन्ट जेभियर्सकी निकिता यादव उत्कृष्ट महिला खेलाडी बने । डीएभीका आयुश पौडेल र सेन्ट मेरिजकी विजल खत्री उदीयमान प्लेयर बने ।

कान्तिपुर संवाददाता

Link copied successfully