प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २ सय २१ खेलाडीको सहभागिता छ ।
काठमाडौँ — भक्त राना मेमोरियल बुद्धिचाल प्रतियोगिता बुधबार सुरु भएको छ । प्रतियोगिताको पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २ सय २१ खेलाडीको सहभागिता छ ।
प्रतियोगिताको निर्णायकमा अन्तर्राष्ट्रिय आर्बिटर ज्ञानेन्द्र खाइजु छन् । खुलासहित महिला, भेट्रान, अनरेटेड र उमेर समूह विधामा गरी २ लाखभन्दा बढी पुरस्कार राशि रहेको आयोजक अखिल नेपाल बुद्धिचाल संघले जनाएको छ । प्रतियोगिता स्विस लिगका आधारमा ९ चरणमा सञ्चालन हुनेछ ।
रोयल एयरपोर्ट होटेलमा भएको प्रतियोगिताको तीन चरण समाप्तिमा शीर्ष वरीयताका सुमन लामा, नवीन तण्डुकार, उमेश राई र दीपक महर्जनलगायतले ३ अंक जोड्दै अग्रता लिएका छन् ।
पूर्वप्रधानमन्त्री दाहालले युद्धकालमा भक्त रानाको भूमिका महत्त्वपूर्ण रहेको स्मरण गराउँदै नेपाली चेस खेलको विकासमा अखिल नेपाल बुद्धिचाल संघको भूमिकाप्रति प्रशंसा गरे ।
