सिनियर ब्वाइजमा गोल्डेनपिकले भद्रकालीलाई ५३–४७, जेबीले फेरिल्यान्डलाई ३७–३१, पारामाउन्ट एकेडेमीले सरस्वतीलाई ५०–४१ र हेम्सले एचएचसीएलाई ५३–४१ स्कोरले हराए ।
What you should know
काठमाडौँ — बसुन्धरा नेसनल एकेडेमी (बीएनए) र जेबी स्कुलले १९ औं ग्रिनल्यान्ड अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको जुनियर ब्वाइजमा विजयी भएका छन् । बीएनएले रिलायन्स पब्लिकलाई २३–१८ स्कोरले पराजित गर्दा दीपक तामाङले ९ स्कोर गरे ।
गौरव ओलीको ११ स्कोरमा जेबी स्कुलले भद्रकालीलाई २७–२१ ले हरायो । गोल्डेनपिकले आयोजक ग्रिनल्यान्डलाई २९–२४ ले हराउँदा आज्ञराज राईले ८ स्कोर गरे ।
सिनियर ब्वाइजमा गोल्डेनपिकले भद्रकालीलाई ५३–४७, जेबीले फेरिल्यान्डलाई ३७–३१, पारामाउन्ट एकेडेमीले सरस्वतीलाई ५०–४१ र हेम्सले एचएचसीएलाई ५३–४१ स्कोरले हराए । गोल्डेनपिकका प्रिसम केसीले १२, जेबीका नरेश बोहराले १५, पारामाउन्टका मनोज गुरुङले १६ र हेम्सका जोनस कुइँकेलले १२ स्कोर जोडे ।
सिनियर गर्ल्समा ल्यान्डमार्कले नवदीक्षितलाई २३–१७ र फेरिल्यान्डले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई २४–२१ स्कोरले पराजित गरे । ल्यान्डमार्ककी प्रतीक्षा राई र फेरिल्यान्डकी प्रतिमा कार्कीले ७–७ स्कोर गरे ।
बाल संसारलाई सफलता
बाल संसार दोस्रो टाइमलाइन अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर गर्ल्समा मंगलबार क्वाटरफाइनल पुगेको छ । आयोजक टाइमलाइन स्कुलको कोर्टमा बाल संसारले काठमाडौं जेभियर्स पब्लिकलाई १०–२ स्कोरले पराजित गर्यो । विविका पोखरेलले ४ स्कोर जोडिन् ।
सिनियर गर्ल्समै योङ हार्ट्सले आकाशदीपलाई २७–४ र नेमोनिकले आयोजक टाइमलाइनलाई ३२–२७ ले हराएर क्वाटरफाइनलमा पुगे । योङकी स्तुति श्रेष्ठले १५ र नेमोनिककी अस्मिता थापाले १२ स्कोर गरे ।
सिनियर ब्वाइजमा विट्स एकेडेमीले मनकामनालाई ३४–२३, मार्वलस एकेडेमीले आकाशदीपलाई ५५–२०, क्रिस्टियनले वेभ स्कुललाई ३१–१८ र बागमती स्कुलले रिलायन्स को–एडलाई ४७–२८ ले हराए । विट्सका आर्यनले १०, मार्वलसका रोशन कुशवाहाले १०, क्रिस्टियनका कपिल महतले १७ र बागमतीका आयुश बस्नेतले १२ स्कोर बटुले ।
