रेफ्री कविता जुडोबाट सम्मानित

अम्मानमा भएको आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षामा सफल हुँदै कविता एसियाली स्तरको जुडो निर्णायक बन्ने दोस्रो नेपाली महिला बनिन्।

भाद्र ९, २०८२

कान्तिपुर संवाददाता

Honored by referee Kavita Judo

काठमाडौँ — नेपाल जुडो संघ अन्तर्गतको रेफ्रिङ कमिसनले कविता पुनलाई सोमबार सम्मान गरेको छ । कवितालाई आईजेएफ कन्टिनेन्टल रेफ्री परीक्षा उत्तीर्ण गरेकामा सम्मान गरिएको हो ।

परीक्षा जोर्डनको अम्मानमा अगस्ट १५ देखि १९ सम्म भएको थियो । यो उपलब्धिसँगै कविता एसियाली स्तरसम्मको जुडो प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गर्न योग्य भएकी छन् । नेपालबाट यो उपलब्धि हासिल गर्ने कविता दोस्रो महिला तथा समग्र १३ औं निर्णायक हुन् ।

आईजेएफ कन्टिनेन्टल रेफ्री एक्जामिनेसन तथा सेमिनारका क्रममा भएको परीक्षामा नेपालबाट राधादेवी राई र रवि चौधरीले सहभागिता जनाएकामा कवितामात्र सफल भएकी हुन् ।

कवितालाई जुडो महासंघका अध्यक्ष दीपकहर्ष वज्राचार्य र कमिसनका अध्यक्ष धर्मकुमार श्रेष्ठले प्रशंसापत्रसहित सम्मान गरे ।

कान्तिपुर

Link copied successfully