एनकेएलले स्वदेशी तथा विदेशी खेलाडीको बढ्दो उत्साहको कारण दोस्रो सिजनको लागि खेलाडी दर्ताको अवधि लम्ब्याएको थियो ।
काठमाडौँ — नेपाल कबड्डी लिग (एनकेएल) सिजन-२ को लागि खेलाडी दर्ता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । त्यसैले आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्ट खेलाडी दर्ताको अन्तिम दिन सोमबार (२५ अगस्ट, २०२५) तोकेको छ ।
एनकेएलले स्वदेशी तथा विदेशी खेलाडीको बढ्दो उत्साहको कारण दोस्रो सिजनको लागि खेलाडी दर्ताको अवधि लम्ब्याएको थियो । एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीका अनुसार काठमाडौं उपत्यका र मोफसलसँगै विदेशी खेलाडीको अत्याधिक चासो आएको छ, त्यसैले कोही पनि इच्छुक खेलाडी नछुटोस् भनेर सोमबारलाई खेलाडी दर्ताको अन्तिम दिन तोकिएको हो ।’
दर्ता गरिका खेलाडीलाई ड्राफ्टमार्फत् फ्रेन्चाइज टिमले लिनेछन्, जसले एनकेएलको सिजन दुईमा प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । खेलाडी दर्ता प्रक्रिया ८ जुलाई, २०२५ मा खुला गरिएको थियो । दोस्रो सिजनको प्रतियोगिताको मिति पनि चाँडै सार्वजनिक गर्ने आयोजकले जनाएको छ ।
