एसियन शारीरिक सुगठनमा उर्मिलालाई कांस्य

उनले महिला एथलेटिक फिजिकको ३५ वर्षमाथि उमेर समूहमा कांस्य पदक जितेकी छन् ।

भाद्र ८, २०८२

कान्तिपुर संवाददाता

Bronze to Urmila in Asian Physique

काठमाडौँ — नेपालकी उर्मिला श्रेष्ठले थाइल्यान्डको बैंककमा भइरहेको ५७ औं एसियन शारीरिक सुगठन तथा फिजिक स्पोर्टस च्याम्पियनसिपमा कांस्य पदक जितेकी छन् ।

उनले महिला एथलेटिक फिजिकको ३५ वर्षमाथि उमेर समूहमा कांस्य पदक जितेकी छन् । आठ खेलाडी सहभागी यस स्पर्धामा आयोजक थाइल्यान्डकी सिरिन्थिप इन्सीले स्वर्ण र लाओसकी सोमानिन फानोसिथले रजत जितेका थिए ।

एथलेटिक फिजिक्सकै ओपन क्याटगोरीमा भने उर्मिला चौथो भएको नेपाल शारीरिक सुगठन महासंघका अफिसियल दिनेश राजभण्डारीले जानकारी गराएका छन् । उर्मिलाले गत जुनमा भुटानमा भएको १५ औं साउथ एसियन बडीविल्डिङ तथा फिजिक स्पोर्ट्स च्याम्पिनियसिप (एसबीपीएफ) को महिला एथलेटिक फिजिकमा स्वर्ण पदक जितेकी थिइन् ।

कान्तिपुर संवाददाता

Link copied successfully